Showing posts with label अन्तराष्ट्रिय समाचार. Show all posts
Showing posts with label अन्तराष्ट्रिय समाचार. Show all posts

चीनसँग ब्यापार र पारवहन सम्झौता गर्ने सरकारको तयारी

 पुस १० मा परराष्ट्रमन्त्री स्तरीय वार्ता,


पुस, काठमाडौं । सरकारले उत्तरी छिमेकी मुलुक चीनसँग व्यापार तथा पारबहन सम्झौताको तयारी गरेको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेपाली टोलीको नेत्तृत्व गर्दै पुस ८ गते बेइजिङ जानेछन् । थापाले १० गते चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरेर जनाएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री थापाको चीन भ्रमणको तयारीसँगै नेपालले चीनसँग व्यापार तथा पारबहन सम्झौताको मस्यौदा तयार पारेको छ । मन्त्रालय निकट स्रोतले भन्यो-‘अहिले नै सम्झौता भइहाल्छ भन्ने त होइन । तर, हामीले ड्राफ्ट तयार पारेका छौं । र, चीन पनि यसमा सकारात्मक छ ।’
नेपालले अहिलेसम्म भारतसँग व्यापार तथा पारबहन सम्झौता गरेको छ । उत्तरी छिमेकी मुलुक चीनसँग व्यापार सम्झौता समेत भएको छैन ।
भारतले अघोषित नाकाबन्दी गरेपछि भारतसँगै तेस्रो मुलुकबाट हुने आयात समेत प्रभावित भएको छ ।
यदि चीनसँग व्यापार तथा पारबहन सम्झौता भएमा नेपालले उसको नाका प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात-निर्यात गर्न सक्नेछ । यसरी तेस्रो मुलुक आयात-निर्यात गर्न नेपालका लागि सांघाइको बन्दरगाह नजिक पर्नेछ ।

परराष्ट्रमन्त्री थापाको चीन भ्रमणको अर्को प्राथमिक एजेण्डा इन्धन सम्झौता रहेको छ । नेपाल र चीनबीच इन्धन आपूर्तिबारे समझदारी भइसकेको छ । तर, व्यवसासायिक सम्झौता हुन नसक्दा यो प्रक्रिया रोकिएको छ ।

दक्षिण सागरमाथि अमेरिकी बमवर्षक उडेपछि चीनको आक्रोश

एजेन्सी : अमेरिकी सेनाको एक बी-२ बमवर्षक विमान दक्षिण चीन सागरमाथि उडेपछि चीनले त्यसको कडा शब्दमा विरोध जनाएको छ ।

दक्षिण चीन सागरमाथि आफ्नो अधिकारको दाबी गर्दै आएको चीनले अमेरिकी युद्धक विमान उडेको देखेपछि कडा आपत्ति जनाएको हो ।


पेन्टागनले भने बी-२ बमवर्षक बिमान दक्षिण चीन सागरस्थित चीनका कृत्रिम द्वीपको दुर्इ समुद्री माइलभित्र अन्जानमा उड्न पुगेका दाबी गरेको छ ।

पेन्टागनले यसबारेमा तत्काल जाँच गर्नका लागि सेनालार्इ आदेश दिइसकेको जनाएको छ । यो घटना दुर्इ अमेरिकी बमवर्षक विमान नियमित अभियानमा रहेका बेला दुर्इ हप्ताअघि भएको बताइएको छ ।

पेन्टागनका प्रवक्ता कमाण्डर बिल अर्बनले भने,' 'यस अभियानका लागि १२ समुद्री माइलभित्र उडान भर्ने कुनै योजना र नियत थिएन ।'

अर्बनले चीनले अमेरिकी बमबर्षकको उडान रुटबारेमा जनाएको आपत्तिबारे अमेरिका गम्भीर भएको बताए । 'हामीले यो मामिलामाथि गम्भीरतापूर्वक अध्ययन गरिरहेका छौं', उनले भने ।

पेशावर स्कुल आक्रमणमा मारिएका विद्यार्थीको नाममा १२२ स्कुलको नाम

२ पुस, काठमाडौं । पाकिस्तानको राजधानी स्लामाबादको १२२ स्कुल तथा कलेजको नाम पेशावरका आर्मी पब्लिक स्कुलमा भएको आक्रमणमा मारिएका १२२ विद्यार्थीको नामबाट राखिने भएको छ ।
सरकारले यसका लागि आनुमति दिएको छ । पेशावरको आर्मी स्कुलमा गत वष डिसेम्बर १६ मा भएको आक्रमणमा १५० को मृत्यु भएको थियो, जसमा धेरै विद्यार्थीहरु थिए ।
पाकिस्तानको सरकारी टीभीका अनुसार प्रधानमन्त्री नवाज शरीफले ११२ स्कुल र कलेजको नाम पेशावरमा स्कुल आक्रमणमा मारिएकाहरुको नाममा राख्न स्वीकृति दिएका छन् ।
यसको उद्धेश्य अज्ञानता र घृष्णाविरुद्धको लडाइमा मारिएका सहिदहरुप्रति श्रद्धान्जली दिनु भएको उनले बताए । उनले भने, हाम्रा दुश्मन घृष्णा र असहिष्णुता फैलाउन ताहन्छन् । तर, हामी यस्तो हुन दिन्नौं ।’
पाकिस्तानको संसदले पनि चरमपन्थीविरुद्धको लडाईमा समर्थन गर्ने प्रस्ताव पारित गरेको बीबीसीले जनाएको छ ।
विपक्षी नेता एतजाज अहसनले १९ डिसेम्बरलाई पाकिस्तानको कालो दिनको संज्ञा दिएका छन् ।