(एजेन्सी) २२ वर्षीय जोयल मिग्लरले अनुहारमा सुरुङ बनाउने लत छ । उनले बडी पियर्सिङलाई नयाँ उचाईंमा लाँदै अनुहारमा मात्र ११ वटा दुलो बनाएका छन् जसमा एक्सपान्डर लगाउँदै सुरुङको आकार दिएका छन् । गालमा रहेका उनको दुईवटा दुलोको आकार त झन् ३४ मिलिमिटर ठूलो छ । अझ त्यसलाई ४० मिलिमिटरसम्म बनाउने उनको धोको छ । जमर्नीमा जन्मिएका मिग्लरले अहिले अनुहारमा सबैभन्दा बढी दुलो बनाउने किर्तिमान नै राखेका छन् । आफ्नो शरीरको स्वरुप परिवर्तन गर्ने कुराको सुरुवात उनले १३ वर्षको सानो उमेरदेखि नै गरेका थिए । उनले सबैभन्दा पहिलो आफ्नो कान छेँडेका थिए । त्यसपछि यो लत नै बन्दै गयो । म आफ्नो शरीर छेडेकोमा खुसी नै हुन्थे तर पनि मलाई सँधै नयाँ ठाउँमा फेरि त्यस्तै गर्न मन लाग्थ्यो ।
अनुहारमा दुलो बनाउनुबाहेक उनको शरीरभरी २७ वटा पियर्सिङ रहेको छ भने ६ वटा ट्याटु र एक इम्प्लान्ट रहेको छ । उनी आफ्नो गालाबाट पनि ललिपप खान सक्छन् । मिग्लर शरीर दुलो पार्नु पीडादायक भएको स्वीकार गर्छन् तर एक हप्तामा यो दुःखाई कम हुने र फेरि अर्को ठाउँ छेँड्न आफूलाई मन लाग्ने उनी बताउँछन् ।
No comments:
Post a Comment