
विमान केन्याको राजधानी नैरोबीमा शनिबार राति आकस्मिक अवतरण गराइएको हो। उक्त विमानमा एउटा सङ्कास्पद पोको भेटिएको छ। सो पोकोको पहिचान कसैबाट पनि हुन सकेन बरु त्यसमा बम रहेको जानकारी अज्ञात व्यक्तिले गराएका थिए।
सो विमानमा ४५९ जना यात्रु रहेका थिए भने १४ जना उडान कर्मचारी रहेका थिए। विमान स्थानीय समयअनुसार मौरिससबाट शनिबार राति नौ बजे उडेको थियो र फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डि गौले विमानस्थलामा आइपुग्ने कार्यक्रम रहेको बताइएको छ।
सूचना पाएपछि नैरोबीको मोई अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अवतरण गराइएको प्रहरीले जनाएको छ। सो सङ्कास्पद पोको बम हो वा होइन भन्ने बारेमा प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ। रासस
No comments:
Post a Comment