काठमाडौं । सुशील पोखरेल एक दिन टिचिङ हस्पिटलमा बिरामी भेटन जाँदै थिए । हस्पिटलको बगैंचामा हिँड्दै गर्दा एक्कासी तीन टिनएजर्स केटीहरुसित आमनेसामने भयो ।
सुशीललाई देख्नासाथ ती केटीहरु त अत्तालिएर चिच्याउन थाले । उनी विलखबन्दमा परे । उनीसँग एक साथी पनि थिए । ती साथीले के भने सम्झाए कुन्नी केटीहरु चुप भएर बाटो लागे । अलि अघि पुगेपछि फेरि फर्केर हेरे । यसपाली हाँस्दै ।
नेपाली चलचित्रका चर्चित खलनायक सुशीलका लागि यो नौलो घटना भने थिएन । उनलाई देखेर आत्तिने र डराउनेहरु बच्चादेखि वृद्धसम्म हुन्छन् । कारण उनको खलनायक छवी ।
दुखेसो पोख्दै सुशील भन्छन्, ‘मलाई चलचित्रमा खलनायकका रुपमा हेरेका कतिपय दर्शकहरु वास्तविक जीवनमा पनि खलनायक नै भन्ठान्छन् । कोही मलाई देखेर अनुहार बिगार्छन् त कोही तर्सेर भाग्छन् ।’
रंगमञ्च हुँदै रजतपटमा प्रवेश गरेका पोखरेल जीबन्त अभिनयका लागि कहलिएका छन् । हालसम्म एक सय पचासभन्दा बढी फिचर फिल्ममा काम गरिसकेका उनलाई नेपाली फिल्म हेर्ने दर्शकले नचिन्ने प्रश्नै आएन । त्यसमाथि टेलिसिरियल र विज्ञापनमा पनि उनी चिरपरिचित अनुहार नै हुन् ।
चलचित्र रोल्पा रोग (रिलीज हुन बाँकी)को सुटिङ हुँदै थियो दाङको पुरन्धारामा । त्यो फिल्ममा उनले सामन्तको भुमिका निर्वाह गरेका छन् । सुशीललाई स्थानियले पाता फर्काएर लडाएको र गोली हानेको दृष्य खिच्नुपर्ने थियो ।
सो घटनालाई उनी यसरी सम्भिmन्छन्, ‘साथीहरुले मलाई डोरीले बाँधेर भूईमा लडाएका मात्रै के थिए, एकाएक एउटी अधवैसे महिला आत्तिदै आइपुगिन् र हारगुहार गर्न थालिन् । ‘उहाँलाई नमार्नुस् । उहाँलाई छोड्दिनुस्’ भन्दै उनी सबैसँग हात जोड्दै बिन्ती गर्न थालिन् । सुटिङका साथीहरु ट्वाल्ल परे ।’
ती महिलाले हदै गरिन् । दुख गरेर सुशीललाई बाँधेको डोरी फुकाइदिइन् र भनिन् ‘तपाई भागी हाल्नुस् । नत्र मार्छन् यीनीहरुले ।’ सबै जनाले ‘सुटिङ हो, केहि हुन्न’ भन्दा पनि उनी विश्वस्त भइनन् । एकोहोरो कराइरहिन् ‘उहाँलाई नमार्नुस्’ भन्दै । सुशील भन्छन्, ‘वास्तवमै हाम्रो समाजमा माओवादी युद्धले छोडेको नमिठो घाउ बाँकी नै रहेछ ।
‘हिरो-हिरोइनसमेत नजिक पर्दैनन्’
सुशीललाई बाटोमा भेट्दा धेरै मान्छेहरु घुरेर हेर्छन् । उनलाई देखेपछि बाटो काट्नेहरु पनि छन् । कतिपय केटाकेटी चाहिँ उनले अभिनय गरेको फिल्ममा हिरोले बोलेको संवाद बोल्दै ‘आज त यसलाई ठिक पार्न पर्छ’ भन्छन् ।
सुशीलको दुखेसो छ, ‘दर्शकको कुरै छोडौं, कतिपय हिरो-हिरोइन नै यस्ता छन् जो सुटिङ सकिएपछि मसँग बस्न हिच्किचाउछन् । मसँग बोल्नै नपरे हुन्थ्यो जस्तो गर्छन् ।’
उनी अगाडी भन्छन्, ‘सुटिङमा दिनभरि काम हुन्न । आफ्नो सट दिएपछि पालो कुरेर बसिरहेको हुन्छु । स्थानीय व्यक्तिहरु सुटिङ हेर्न आउछन् । हिरो-हिरोइनलाई देखे भने सकेसम्म नजिक आउन खोज्छन् । तर, मलाई देखेपछि पर-पर तर्किन्छन् । मसँग आजसम्म कुनै पनि दर्शकले झ्याम्मिएर कुरा गरेका छैनन् ।’
सुशीलको भनाईमा मान्छेलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनका लागि शैक्षिक स्तर बृद्धि हुनुपर्छ । अनि मात्रै मान्छेले यो कलाकार हो र यसको ब्यबहार पर्दामा देखिएको भन्दा फरक हुन्छ भनेर थाह पाउछन् ।
‘धेरै ठाउँमा मलाई मुखै छाडेर गाली पनि गरेको सुन्छु,’ उनी भन्छन्, ‘त्यस्तो वेलामा नसुनेजस्तो गरेर बस्नुको विकल्प हुँदैन ।’
नयाँले मान्छे नै गन्दैनन्

पहिला पहिला निर्माताले पनि नायक र खलनायकलाई गर्ने ब्यबहारमा धेरै फरक हुन्थ्यो । पारिश्रमिक लगायत धेरै कुरामा नायक-नायिकालाई आफन्तको ब्यबहार गर्थे भने खलनायकलाई पराईको । अहिले त्यो सोचमा परिवर्तन आएको सुशीलको अनुभव छ ।
तर, नयाँ र पुराना पुस्ताको खाडल निकै फराकिलो भएको बताउछन् उनी । ‘साँच्चै भन्ने हो भने त अहिले हामीले ब्यक्तिगत चिनाजानीको आधारमा काम गर्नु परेको छ । नयाँ पुस्ताकाले पुरानालाई मान्छे नै गन्दैनन्,’ उनले भने ।
अर्को कुरा अहिले योे वा त्यो बहानामा पारिश्रमिक घटेको छ । ‘खाए खा नखाए घिच भन्न शैलीमा जति पैसा दिन्छन् त्यही पारिश्रमिकमा काम गर्नुपर्ने वाध्यता छ,’ उनले भने ।
- See more at: http://www.onlinekhabar.com/2015/12/366077/#sthash.nh9RAHoS.dpuf

No comments:

Post a Comment