
‘यसले मलाई झिंजो लाग्ने वा रिस उठाउने त गर्दैन,’ दीपिकाले हालै आफ्नो नाम अझै पनि दुई नायकबीचमा जोडिने गरेकोमा प्रतिक्रिया दिँदै भनेकी छन्, ‘तर यस्तो तुलना गर्नु मेरा हिसाबले सिल्ली कुरा हो। खाली उनीहरूबीच मात्रै किन तुलना गरिन्छ? आखिर मैले इरफान खान अथवा अमिताभ बच्चनसँग पनि त काम गरेकी छु। उहाँहरूसँग त कहिल्यै तुलना गरिन्नँ।’ त्यसो त दीपिकालाई पूर्व सम्बन्धलाई पनि साथीत्वमा बदल्न सकेकामा तारिफ पनि गरिन्छ। कमैले मात्र पूर्वप्रेमी वा प्रेमिकासँगै काम गर्न सकेका छन्। वर्ष २०१५ मा करिअरको उच्चतम विन्दुमा पुगेकी दीपिका रणवीरसँगको सम्बन्ध ब्रेकअप भएपछि रनवीरतर्फ लगेर सफलपूर्वक बिसाएकी थिइन्।
‘मैले सबैसँग काम गरिसकेकी छु। तर मान्छेहरू आरामले उनै दुईसँगको कुरालाई मात्रै टपक्क टिप्छन्। मलाई यस्तो पाराको व्यवहार नै बेतुकको लाग्छ, जुन कुनै मान्छे वा वस्तुसँग तुलना गरिन्छ।’ जबकि पछिल्लो समय दीपिका र रनवीर सिंहबीच व्यक्त रूपमै प्रेम सम्बन्ध रहेको जगजाहेर छ। तर पनि उनलाई पूर्वप्रेमीसँगै बारम्बार जोडिँदा झाँक चलेको पनि हुन सक्छ।
‘वाजिराव मस्तानी’ मा दीपिकासँगै सफल जोडी जमाएका रनवीरले अनस्क्रिनमा मात्रै नभई अफस्क्रिन अफेयर्समा समेत दीपिकासँग आफ्नो सुमधुर समीकरण रहेको पहिल्यै बताइसकेका थिए। दीपिकाले पनि रनवीरसँगको सम्बन्धबारेमा प्रस्ट शब्दमा भनेकी थिइन्, ‘ऊ मेरो बेस्ट फ्रेन्ड हो। ऊ त्यो हो जोसँग हुँदा म एकदमै सहज महसुस गर्छु। ऊसँग जे कुरा पनि गर्न सक्छु र ऊबाट मैले चाहेको हर चीज पाउने हैसियत राख्छु।’ यति कुरा सायदै प्रेमीबाट मात्रै पूरा हुन सक्छ।
तर पनि दीपिकाकै कारण रणवीरसँग बारम्बार जोडिए पनि रनवीरले भने कुनै आपत्ति जनाएका छैनन्। परिस्थितिलाई सहजतापूर्वक लिन सक्ने खुबी भएकैले त होला दीपिका रनवीरबारे भन्छिन्, ‘उनी एकदमै मनमा कुरा नखेलाउने खालका छन्। मान्छेहरूको व्यवहारलाई सहजै पचाइदिन सक्ने खुबी छ। त्यसैले त एकदमै मायालु छन्।’ अनि यस्ता मायालुसँग सम्बन्ध तोडेर जाने रणवीरलाई तुलना गर्दा दीपिकालाई सिल्ली नलागेर भयो त?
No comments:
Post a Comment