नेपाली युवतीको बलात्कार गरी हत्या गर्ने ७ भारतीयालार्इ मृत्युदण्ड

एजेन्सी: भारतको हरियाणास्थित रोहतकमा मानसिकरूपमा कम्जोर नेपालीलार्इ सामूहिक बलात्कार गरी हत्या गर्ने सातजना भारतीय युवालार्इ त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

बलात्कारपछि हत्याको मामिलामा पक्राउ ८ जनामध्ये ७ जना दोषीलार्इ मृत्युदण्डको सजाय सुनाउँदै न्यायाधीशले सोमबार भने, 'कति पटक यहाँ निर्भया मृत्यु हुन्छ।' न्यायाधीशले भने, 'आजको फैसलाले समाजलार्इ यो सन्देश दिनेछ कि यस्तो अपराधमाथि धेरै कडाइका साथ जुध्नु जरूरी छ र यस्ता जघन्य अपराधामा संलग्नलार्इ उचित सजा दिइनेछ।'

न्यायाधीशले यो पनि भनेका छन् कि पीडितको शरीरको घाउको निशान मेटाएर फाल्न सकिन्न नै आत्मामा लागेको चोटको निशान पनि रहिरहनेछ।अदालतले प्रष्ट भाषामा भनेको छ कि यी दोषीलार्इ कुनै क्षमा या कुनै सफाइ र याचिकको अवसर मिल्ने छैन। यो मामिलाको सुनुवार्इ १० महिनामा पुरा भएको
हो।

नेपाली युवती बलात्कारको घटना भारतीय तथा नेपाली मिडियाको प्रमुख समाचार नै बनेको थियो। तल्लो अदालतबाट मृत्युदण्डको सजाय सुनाइसकेको अवस्थामा भारतमा त्यसको पुष्टि उच्च न्यायालयबाट गरिने चलन छ।


अदालतलार्इ उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार 'महिला निर्भया र दामिनी नाम स्वीकार्न इन्कार गर्छन् । यसको कारण भनेको उनको पहिचान नखुलोस भन्ने हो। निर्भया कति पटक मरून्। कसैलार्इ हाम्रो निजी पहिचान खोस्ने अधिकार छैन।'

No comments:

Post a Comment