नयाँ दिल्लीमा सैनिक विमान दुर्घटना, १० जनाको मृत्यु

भारतीय सीमा सुरक्षा बल(बिएसएफ)को विमान राजधानी नयाँ दिल्लीको  द्वारका क्षेत्रमा दुर्घटना भएको छ। मंगलबार बिहान भएको दुर्घटनामा १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
दिल्लीबाट राँचीका लागि उडेको विमान प्राविधिक गडबडीका कारण दुर्घटना भएको बताइएको छ। दुर्घटनाअघि नियन्त्रण कक्षसँगको सम्पर्क टुटेको थियो।
दुर्घटनास्थलबाट शव बाहिर निकाल्ने क्रम जारी रहेको समाचारमा उल्लेख छ। विमान दुर्घटना भएको स्थानमा कामगरिरहेका केही मजदुरहरु घाइतेभएको एक प्रत्यक्षदर्शीले बताएका छन्।
प्रकाशित मिति: मंगलबार, पौष ७, २०७२ ११:१८:०२

No comments:

Post a Comment