आइएसले दिल्लीका व्यापारीको बैंक खाता ह्याक गरी करोडौं रुपैयाँ लुट्यो

नयाँ दिल्ली, पुष ५ । इस्लामिक आतंकवादी संगठनले भारतलाई लक्षित गरेर गतिविधि तीब्र पारेको संकेत दिएको छ । इस्लामिक संगठन आईएसका कार्यकर्ता भारतमा पक्राउ भइरहेकै बेला दिल्लीका एकजना व्यापारीको बैंक खाता ह्याक गरी करोडौं रुपैयाँ लुटेको नयाँ घटनाले भारतीय सुरक्षाकर्मीलाई झस्काएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

घटनाको सूचना पाएपछि दिल्ली प्रहरीको स्पेशल टिमले यसको विशेष छानबीन गरिरहेको छ । प्रारम्भिक जाँचहरुमा यसरी बैंकको खाता ह्याक गरेर आइएसले पैसा कुम्ल्याउन सफल हुनुमा लुटिएको कम्पनीकै उच्चपदस्थ कर्मचारीको हात हुनसक्ने देखिएको छ ।

दिल्ली प्रहरीका कमिश्नर बिएस बस्सीले मिडियलाई दिएको जानकारी अनुसार, पीडित कम्पनीले साउथ दिल्लीबाट लण्डनस्तिथ आफ्नो क्लाइन्टलाई महिन्द्रा बैंकको खाताबाट पेमेण्ट लिने गरेको थियो ।
गत अक्टोबरमा कम्पनीले आफ्ना ग्राहकबाट पेमेण्ट प्राप्त गरेपछि ग्राहक कम्पनीलाई मेल लेखेका थिए । प्रत्युत्तरमा लन्डनको ग्राहक कम्पनीले पेमेण्ट दिइसकेको उल्लेख गर्दै दिल्लीको कम्पनीको कुनै सिनियर मेनेजरले एकाउण्टको विस्तृत जानकारी परिवर्तन गरेको बतायो । त्यसलगत्तै कम्पनीका मालिकले दिल्ली प्रहरी कमिश्नरलाई भेटेर लण्डनबाट पठाएको पैसा लुटिएको जानकारी गराए ।



प्रहरीले घटनाको छानबीन गर्दै जाँदा लण्डनबाट पठाएको पैसा टर्कीको कुनै एकाउण्टमा डाइभर्ट गरिएको देखियो । प्रहरीले उक्त पैसा आइएसआइएसको कुनै व्यक्तिको खातामा गएको दावी गरेको छ । भारतको अनलाइन चिटिङका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना हो ।

No comments:

Post a Comment