यो विशाल सामुद्रिक दुर्घटना, जसले संसार रोयो (हेरौं भिडियो दृष्य)

सबै यात्रुहरु हर्षोल्लासमय वातावरणमा आफ्ना परिवारका साथ रमाइरहेका थिए । जहाजभित्र निकै झकिझकाउ थियो । समुद्रको लामो समयको यात्रा आ–आफ्ना कोठाहरु र क्याफेमा रमाइरहेका यात्रुहरु त्यतिबेला झस्किए, जतिबेला जहाजमाथिको विशाल पार्कमा विशाल हिउँका ढिक्काहरु ओइरिए । विस्तारै पानीजहाजका झ्याल र ढोकाबाट पानीका मुस्लाहरु पस्न थाल्यो । काँचका झ्यालहरु पड्किन थाले र अन्तिममा जहाज विस्तारै विशाल समुद्रमा डुव्न थाल्यो । जहाज समुद्रमा पूरै डुब्ने बेलामा विशाल आवाजका साथ पड्कियो र अन्तत, समुद्रको पिँधमा पुग्यो । पाठकवृन्द ! यो कुनै काल्पनिक दुर्घटना होइन । यो त विश्वलाई नै रुवाउने टाइटानिक जहाज समुद्रमा डुब्दाको क्षणको सानो स्मणरण मात्र हो, जतिबेला सो दुर्घटनाले संसारलाई नै रुवाइदिएको थियो । सोही घटनामा आधारमा विश्वचर्चित अंग्रेजी फिल्म ‘टाइटानिक’ समेत बन्यो, जुन फिल्म आजसम्मै संसारकै लोकप्रिय वियोगान्त चलचित्रको रुपमा स्थापित छ । जुन भीमकाय दुर्घटनामा सयौं मानिसहरु समुद्रमा डुबेका थिए । त्यसक्रममा एक प्रेम जोडीको समेत विछोड भएको थियो । सोही दुर्घटनामा भाग्यले बचेकी ती युवतीले आफ्नो जीवनको उतरार्दकालमा भनेको संस्मरणका आधारमा टाइटानिक फिल्म बनेको छ । सोही दुर्घटनाका प्रत्यक्ष दृष्यहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।

No comments:

Post a Comment