हृदयाघातबाट अरबमा एक नेपालीको मृत्यु

दुबई, असार १६  । रोजगारीको सिलसिलामा १४ वर्षअघि संयुक्त अरब इमिरेटसमा रहेका एक नेपालीको ह््रदयघातका कारण निधन भएको छ ।
बर्दिबास–४, गौरीडाँडा, महोत्तरीका ४१ वर्षिय विमल विष्टको हृदयाघातका कारण मृत्यु भएको हो । रास अल खेमाको राक मलमा सुपरभाइजरका रुपमा कार्यरत विष्टको सुतेकै ठाउँमा २९ जुन, सोमबार बिहान ८स्५० मा निधन भएको नेपाली जनप्रगतिशिल मँच, रास अल खेमाका अध्यक्ष टेकनाथ मिश्रले जानकारी दिएका छन् ।

अघिल्लो दिन सामान्य अवस्थामा सुतेका विष्ट रातको समयमा अलि ठूलो आवाजमा घुरेको सोही कोठामा रहेका सहकर्मी नेपालीहरुले बताए । बिहान असहज अवस्थामा भेटिएका विष्टको उपचारका लागि आएको एम्बुलेन्सले प्राथमिक उपचार गर्ने क्रममा मृत घोषित गरेको सहयोगी शर्माले जानकारी दिए । विष्टको शवलाई स्थानीय सेफ अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । शर्माका अनुसार कम्पनीले आवश्यक कागजात तयार पारी एक हप्ताभित्रै विष्टको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ ।

विष्टका तीन छोरीमध्ये जेठी छोरीले भर्खरै एसएलसी पास गरेको र उनका एक छोरा तीन वर्षका रहेको यूएईमै सेक्युरिटीमा काम गर्ने मृतकका भाइ विराट विष्टले जानकारी दिएका छन् । कमजोर आर्थिक अवस्थाका कारण लामो समय यूएईमा बसेका विष्ट उच्च रक्तचापले पीडित भए पनि खानपिनमा विशेष ध्यान दिने गरेको सहकर्मीहरुले बताए ।



सबैसँग मिल्न सक्ने, हाँसखेल गर्न सदा अग्रसर बन्ने रसिक स्वभावका विष्टको असामयिक निधनले रास अल खेमाको नेपाली समुदाय स्तब्ध भएको उनका सहकर्मी गुणनिधी शर्माले बताएका छन् ।

No comments:

Post a Comment