सशस्त्र जनसंघर्षको तयारीका लागि विप्लव माओवादी ‘भूमिगत’ हुने ! ‘जनताकोमा जाने’ कार्यनीति

काठमाडाै, पुस ३ | विप्लव नेतृत्वको नेकपा माओवादी भूमिगत हुने भएको छ । पार्टीको घोषित नीति अनुसार ‘जनताकोमा जाने’ नीति अन्तर्गत स्थानीय कारवाहीहरुलाइ तीव्रता दिन पार्टी अर्धभूमिगत शैलीमा जान लागेको हो ।

विप्लव माओवादीका उच्चस्तरीय नेताले एभरेष्टदैनिक डटकमलाई बताए अनुसार घोषित रुपमा‘जनयुद्ध’ नै सुरु नगरेपनि स्थानीय स्तरमा जनतामाथि हुने विभेद, अन्याय र शोषणका विरुद्ध निशस्त्र÷सशस्त्र सङ्घर्षमा पार्टी उत्रिने भएको हो । ‘राजधानी जिम्मेवारी भएका कमरेड बाहेक अरु सबै जनता माझ जाने निर्णय भएको छ । स्थानीय सङ्घर्षलाई तीव्रता दिइने योजना बनाएका छौं ।’
विप्लव माओवादीले यसअघि पनि स्थानीय जनसंघर्षको नाममा खासगरी जग्गा कब्जा अभियानलाई तीव्र पार्दै आएको छ । रणनीतिक हिसावले एकीकृत क्रान्तिको कार्यादिशा अघि सारेको विप्लव माओवादीले पुरानै शैलीमा जनयुद्ध अगाडि वढाउने भने देखिदैन ।‘छापामार प्रकृतिका सङ्घर्ष भन्दा तत्कालका लागि जनतालाई साथमा लिएर जन कारवाही तीव्र पारिने छ ।’ उनले बताए ।

संघर्षको उठानसँगै सशस्त्र युद्धका लागि समेत आवश्यक तयारी गर्दै जाने रणनीति एकीकृत क्रान्तिको कार्यदिशाले अघि सारेको छ । “विघटित जनसेनालाई पुनर्गठन गर्ने काम यस अन्तर्गत गरिनेछ ।” उनले बताए । नयाँ सेना निर्माण भइरहेको हो त ? भन्ने प्रश्नमा उनले भने, “त्यो आवश्यकता अनुसार हुने हो, हाम्रा लागि २०५२ सालको जस्तो अवस्था होइन, कैयौं अनुभवी साथीहरु छन् । जनसेना आवश्यक पर्ने बेला पुनर्गठन गरेर अघि बढिन्छ ।”



तर अबको सशस्त्र युद्ध फरक ढंगले अघि बढाइने उनको दावी थियो । विप्लव माओवादीले गत हप्तामात्रै कमाण्डो शैलीमा डिस होमको मुख्य प्रशारण केन्द्रमा आक्रमण गरेको थियो । कमाण्डो शैली र छापामार शैलीलाई सँगसँगै अगाडि लान पार्टीले तयारी गरेको र सोहि बमोजिम उपत्यकामा कार्यक्षेत्र बाहेकका नेताहरु ‘जनताकोमा पुगेको’ एक नेताले जानकारी दिए । ।

पार्टीले भारतीय हस्तक्षेपविरुद्ध समेत प्रतिरोधी अभियान जारी राखेको छ । अहिले उक्त पार्टी नेताहरु मेची महाकाली जागरण अभियान लिएर नवलपरासी पुगेका छन्, जनताकोमा पुगेर जनताको अधिकारका लागि लड्न तयार रहेको नेताहरुले बताएका छन् ।

No comments:

Post a Comment