५ दिनमा १४० बुलेट ग्यास र २५० ट्यांकर डिजेल नेपाल भित्रियो

काठमाडौं, पुस १० । गत पाँच दिनको अवधिमा भारतसँगका विभिन्न सीमानाका हुँदै ५ हजारभन्दा बढी मालबहाक गाडी नेपाल प्रवेश गरेका छन् । जसमा इन्धन, खाद्यान्नलगायतका छन् ।

यस अवधिमा इन्धन बोकेका गाडी मात्रै ५०५ ओटा भित्रिएको भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीले जानकारी दिए ।

उपमहानिर्देशक रेग्मीले सामान्य दिनको तुलनामा २० प्रतिशतको हाराहारीमा पेट्रोलियम पदार्थ भित्रिरहेको जानकारी दिए ।

सरकारले संविधान संशोधनमा गरेको प्रतिबद्धताको भारतले स्वागत गरेसँगै नाकाबाट ग्यासलगायत पेट्रोलियम पदार्थको आयात बढेको हो ।

५ दिनमा करिब १ सय ४० ग्यास बुलेट भित्रिएको छ ।

यस्तै, २ सय ५० भन्दा बढी ट्यांकर डिजेल, ५० ट्यांकर बढी पेट्रोल, ३० ट्यांकर बढी मट्टीतेल, २० ट्यांकर बढी हवाई इन्धन भित्रिएको सीमा प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment