सर्वाधिक कामुक पुरुष

पुरुषहरूका सन्दर्भमा कामुकताको बेग्लै परिभाषा छ । कामुकताको परिभाषामा पुरुषहरूलाई महिलाहरूजस्तो शारीरिक आकर्षणसँग जोडिदैन । मानिसहरूसँगको व्यवहार, बोलीवचन एवं कर्मक्षेत्रमा प्राप्त सफलताले पुरुषहरूको आकर्षणलाई परिभाषित गरेको पाइन्छ । यसै सन्दर्भमा यो वर्ष पिपुल म्यागजिनले वर्ष–२०१५ मा कार्यक्षेत्रको सफलता एवं महिलाहरूलाई आफूतर्फ आकर्षित गर्न सक्ने क्षमताका आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ, जसको पहिलो नम्बरमा हालसालै नेपालमा भ्रमण गरेका सुप्रसिद्ध फुटबल खेलाडी डेभिड बेकह्याम छन् ।


१. डेभिड बेकह्याम
सूचीको पहिलो स्थानमा बेलायतका फुटबल खेलाडी डेभिड बेकह्याम छन् । सन् १९७५ मे २ मा जन्मिएका बेकह्याम आफ्नो समयका नम्बर १ फुटबल खेलाडी मानिन्थे । गायिका भिक्टोरियासँग विवाहित बेकह्यामका चार सन्तान छन् । हाल उनी युनिसेफका लागि मलेरिया विरुद्धको सद्भावना राजदूतका रूपमा कार्यरत छन् ।

२. जस्टिन टिम्बरलेक
अमेरिकाका गायक तथा गीतकार जस्टिन टिम्बरलेक कामुक पुरुषहरूको यो सूचीको दोस्रो स्थानमा छन् । कुनै बेला भड्किलो पहिरन र लभ अफेयरका कारण चर्चामा रहने टिम्बरलेक ३१ जनवरी १९८१ मा जन्मिएका हुन् । हलिउड नायिका जेसिका वेलसँग विवाहित टिम्बरलेक १ सन्तानका पिता हुन् ।

३. रिड स्कट
हलिउड चलचित्रका अभिनेता अमेरिकाका रिड स्कट कामुक पुरुषहरूको यो सूचीको तेस्रो स्थानमा छन् । सन् १९७७ नोभेम्बर १९ मा जन्मिएका स्कट माइ ब्वाइज, भिप, द बिग सी जस्ता चलचित्रबाट चिनिएका हुन् । स्कटले हलिउड नायिका एल्पेथ केलरसँग विवाह गरेका छन् ।

४. इद्रिस एल्बा
कामुक पुरुषहरूको सूचीको चौथो स्थानमा बेलायतका कलाकार तथा डिजे इद्रिस एल्बा छन् । दर्शकहरूको मनोविज्ञान बुझेर स्टेज प्रस्तुति दिन सक्ने डिजेका रूपमा ख्याति कमाएका एल्बा सन् १९७२ सेप्टेम्बर ६ मा जन्मिएका हुन् । दुईपटक विवाह गरेर दुवैपटक पारपाचुके लिएका एल्बा अलग–अलग पत्नीका १ छोरी र १ छोराका पिता हुन् ।

५. साम ह्युगन
सूचीको पाँचौं स्थानमा स्कटल्यान्डका स्टेज कलाकार साम ह्युगन छन् । सन् १९८० अप्रिल ३० मा जन्मिएका साम ह्युगन रंगमञ्चमा सजीव अभिनयका लागि कहलिएका कलाकार हुन् । ह्युगन अहिलेसम्म अविवाहित नै छन् । उनका योङ अलेक्जेन्डर द ग्रेट र हर्ट अफ लाइटनेस जस्ता नाटक चर्चित छन् ।

६. जस्टिन थेरोक्स
छैटौं स्थानमा हलिउड अभिनेता, निर्देशक तथा पटकथा लेखक जस्टिन थेरोक्स छन् । सन् १९७१ अगस्ट १० मा जन्मिएका थेरोक्स हलिउड नायिका जेनिफर एनिस्टनसँग विवाहित छन् । चार्लिज एन्जेल्स तथा जुल्यान्डर उनका चर्चित चलचित्र हुन् ।

७. चार्ली हन्नाम
बेलायतका चलचित्र कलाकार तथा पटकथा लेखक चार्ली हनाम यो सूचीको ७ औं स्थानमा छन् । सन् १९८० अप्रिल १० मा जन्मिएका हनाम च्यानल–४ बाट प्रसारित हुने टेली ड्रामामा गरिने अभिनयका लागि कहलिएका छन् ।

८. जुसी स्मलेट
कामुक पुरुषहरूको यो सूचीको ८ औं स्थानमा हलिउड अभिनेता जुसी स्मलेट छन् । यहुदी पिता र अफ्रिकी आमाका सन्तानका रूपमा १९८३ जुन २१ मा जन्मिएका स्मलेट चलचित्रमा एम्पायर जमाल लियोन नामक पात्रको अभिनयका लागि चर्चित छन् । त्यसबाहेक उनी गायक तथा गीतकारका रूपमा समेत प्रसिद्ध छन् ।

 ९. ज्याक गिलेनहिल
ब्रोकब्याक माउन्टेन, द डे आफ्टर टुमारो जस्ता चर्चित हलिउड चलचित्रका नायक ज्याक गिलेनहिल यो सूचीको नवौं स्थानमा छन् । १९८० डिसेम्बर १९ मा जन्मिएका गिलेनहिल आफ्नो लभरब्वाय इमेजका लागि चर्चित छन् । गिलेनहिलसँग हलिउड नायिका क्रिस्टेन डस्ट, रिज वेदरस्पुन, गायिका टेलर स्वीफ्ट तथा एलिसा मिलरको नाम जोडिइसकेको छ । हाल गिलेनहिल मोडल एमिली डिडान्टोसँग डेट गरिरहेका छन् ।

१०. निक जोनास
प्रसिद्ध जोनास ब्रदर ब्यान्डका सदस्य निक जोनास यो सूचीको १० औं स्थानमा छन् । १९९२ सेप्टेम्बर १६ मा जन्मिएका जोनास गायक, गीतकार, अभिनेता तथा मोडलका रूपमा सु–परिचित छन् । सन् २०१२ की मिस युनिभर्स ओलिभिया कुल्पो तथा गायिका डेल्टा गुडरेमसँग डेट गरिसकेका जोनास अहिले नयाँ गर्लफ्रेन्डको खोजीमा छन् ।



No comments:

Post a Comment