कुटपिटबाट चौधरीको मृत्यु, झगडामा संलग्न मगर पक्राउ

भक्तपुर, ५ पुस । भक्तपुर नगरकोट नगरपालिका–२ मसानडोलस्थित हनुमान इँटा भट्टामा काम गर्ने दाङ हापुर–८ का ३० वर्षीय श्याम चौधरीको कुटपिटबाट आज मृत्यु भएको छ ।

चौधरीको मृत्यु भएपछि कुटपिटमा संलग्न रहेका चौधरीकै साथी रोल्पा तालावाङ–५ घर भई सोही भट्टामा ज्यामी काम गर्ने १९ वर्षीय प्रेम घर्ती मगरलाई प्रहरीले आज पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

गत शुक्रबार साँझ चौधरी र घर्ती मगरसँगै मादक पदार्थ सेवनगरी भट्टामै भएको झगडामा घर्तीले चौधरीलाई अनुहार र शरीरको विभिन्न भागमा मुक्का हानेर कुटपिट गरेपछि उनी घाइते भएको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

झगडा भएलगत्तै घाइते चौधरीलाई उपचारका लागि भक्तपुर च्यामासिंहस्थित शिवशक्ति मेडिकल लगेको र मेडिकलले थप उपचारका लागि अस्पताल नपठाइ औषधि दिएर फर्काए पछि घाइतेले पटक पटक बान्ता गरेको खोल्न आएको प्रहरीको भनाइ छ ।



प्रहरीले शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ । रासस

No comments:

Post a Comment