भवन निर्माण गर्दा अनिवार्य सौर्य उर्जा जडान गर्नुपर्ने नियम लागु -

काठमाडौं ।

सरकारले निजी तथा आवासीय भवन निर्माण गर्दा अनिवार्य रुपमा सौर्य उर्जा जडान गर्नुपर्ने नियम लागु गरेको छ । स्थानीय बिकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि व्यापारीक भवन, अस्पताल, बोडिङ स्कुल लगायतका भवन निर्माण गर्दा अनिवार्य रुपमा सौर्य उर्जा जडान गुर्नपर्ने नियम लागु भएको घोषणा गरेको हो ।
सरकारले उर्जा खपतको २५ प्रतिशत सौर्य उर्जा हुनुपर्ने भन्दै व्यापारीक भवन, अस्पताल, बोर्डिङ स्कुल लगायतका भवन निर्माण गर्दा अनिवार्य रुपमा सौर्य उर्जा जडान गुर्नपर्ने नियम लागु गरेको हो ।
पत्रकार सम्मेलनमा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले अबदेखी नक्सा पाससंगै घरमा सौर्य उर्जा जडानसम्वन्धी डिजाइन पनि तयार गर्नुपर्ने नियम लागू भएको बताउनुभयो । भवन निमार्णको अनुमति लिएका र निर्माण सम्पन्न भई निर्माण अनुमति प्रतिवेदन नलिएकाको हकमा गाविस वा नगरपालिकाको समन्वयमा सौर्य उर्जा प्रणाली जडान गर्नुपर्ने राज्यमन्त्री शाहीले बताउनुभयो ।
बिद्युतीय प्रणालीमा बढ्दो मागसंगै मुलुकमा आपुर्ति कम हुन थालेपछि चरम उर्जा संकटलाई कम गर्ने बिकल्पका रुपमा सरकारले सौर्य उर्जाको प्रयोगलाई अनिवार्य रुपमा लागू गराउन लागेको हो ।

No comments:

Post a Comment