महोत्तरीमा तनाव, १० वर्षे बालक घाइते

महोत्तरी–एक सय ३५ दिनदेखि तराईमा जारी आन्दोलन एक महिनादेखि महोत्तरीमा सामान्य बन्दै गएको थियो। आन्दोलन जारी रहेपनि सदरमुकाम जलेश्वरलगायत जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा व्यापार व्यवसाय संचालन गरेका व्यावसायी विस्तारै आ– आफना पसलको सटर खोलेर व्यवसाय गर्न थालेका थिए।
तर शनिबार सदभावनाका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले जोगवनी नाका खुलाउने क्रममा कुटपिट गरेर घाइते पारेपछि महोत्तरीमा फेरि तनावको स्थिति श्रृजना भएको छ। एक महिनादेखि सटर खोलेर व्यपार व्यवसाय संचालन गर्दै आएको व्यापारिहरुको पसलको सटर फेरि बन्द हुन थालेका छन्। मधेसी मोर्चाका नेता कार्यकर्ताले सदरमुकाम जलेश्वरमा प्रर्दशन गर्नुको साथै बजार पनि बन्द गराएका छन ।

मोर्चाका नेता कार्यकर्ताले जिल्ला प्रशासन जाने बाटोमा सोमबार विहानै हिम पाईप तेर्साएर सडक अवरुद्ध पारेपछि सो अवरोध खुलाउन आएका प्रहरी र प्रर्दशनकारीबीच ढुंगामुढा भएको छ। प्रहरी र प्रर्दशनकारीबीच ढुंगामुढा हुँदा सदरमुकाम जलेश्वरको अवस्था तनावग्रस्त बन्नु पुगेको छ। जलेश्वरको महेन्द्र चोकमा भएको प्रहरी र प्रर्दशनकारीबीचको झडपको क्रममा विद्यालयबाट फर्किरहेका जलेश्वर ४ का १० वर्षिय बालक अमित चौधरी घाइते भएका छन्।


चौधरीको टाउको फुटेको र उनको अहिले जलेश्वर अस्पतालमा उपचार भइरहेको उनका बुवा शिवचन्द्र चौधरीले बताए। जिल्ला प्रशासन कार्यालय , जिल्ला विकास समिति , सरकारी वकिल कार्यालय , राष्ट्रिय अनुसन्धान , निर्वाचन कार्यालय लगायत मुख्य कार्यालय जाने बाटो कार्यालय समयमै मोर्चाका नेता कार्यकर्ताले अवरुद्ध पारे लगतै जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले उक्त अवरोध हटाउन खोज्दा झडप हुन पुगेको हो।

यसैबीच मधेसी मोर्चाका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय महोत्तरी घेराउ गरेका छन। मोर्चाका नेता कार्यकर्ताले कार्यालय समयमै गएर मुलगेट अगाडि धर्ना दिनुको साथै कार्यालय घेराउ गरेको र कार्यालयको कामकाज ठप्प पारेका छन्। मोर्चाको कार्यालय घेराउका कारण स्थिति तनावपुर्ण बनेको हो।

यता कार्यालय समयमै मोर्चाका नेता कार्यकर्ताले घेराउ गरेपछि नागरिकता र राहदानीको सिफारिसका लागि जिल्ला प्रशासन कार्यालय आई पुगेका सेवाग्राहीहरु रितोहात घर फर्केका छन्। जिल्लाको मटिहानी , गौशाला , सम्सी , रामगोपालपुर, पिपरालगायतका प्रमुख व्यापारिक केन्द्रहरु पनि पुनः बन्द भएका छन्।

No comments:

Post a Comment