दक्षिण सागरमाथि अमेरिकी बमवर्षक उडेपछि चीनको आक्रोश

एजेन्सी : अमेरिकी सेनाको एक बी-२ बमवर्षक विमान दक्षिण चीन सागरमाथि उडेपछि चीनले त्यसको कडा शब्दमा विरोध जनाएको छ ।

दक्षिण चीन सागरमाथि आफ्नो अधिकारको दाबी गर्दै आएको चीनले अमेरिकी युद्धक विमान उडेको देखेपछि कडा आपत्ति जनाएको हो ।


पेन्टागनले भने बी-२ बमवर्षक बिमान दक्षिण चीन सागरस्थित चीनका कृत्रिम द्वीपको दुर्इ समुद्री माइलभित्र अन्जानमा उड्न पुगेका दाबी गरेको छ ।

पेन्टागनले यसबारेमा तत्काल जाँच गर्नका लागि सेनालार्इ आदेश दिइसकेको जनाएको छ । यो घटना दुर्इ अमेरिकी बमवर्षक विमान नियमित अभियानमा रहेका बेला दुर्इ हप्ताअघि भएको बताइएको छ ।

पेन्टागनका प्रवक्ता कमाण्डर बिल अर्बनले भने,' 'यस अभियानका लागि १२ समुद्री माइलभित्र उडान भर्ने कुनै योजना र नियत थिएन ।'

अर्बनले चीनले अमेरिकी बमबर्षकको उडान रुटबारेमा जनाएको आपत्तिबारे अमेरिका गम्भीर भएको बताए । 'हामीले यो मामिलामाथि गम्भीरतापूर्वक अध्ययन गरिरहेका छौं', उनले भने ।


चीनले प्राकृतिक संशाधनले सम्पन्न दक्षिण चीन सागरको पूरै क्षेत्रमा आफ्नो सम्प्रभुताको दाबी गर्दै आएको छ । चीनको यो दाबी र भियतनाम, मलेसिया, फिलिपिन्स, ताइवान तथा ब्रुनईद्वारा दक्षिण सागरमाथि गरेको दाबीका कारण विवादास्पद बनेको छ ।

अमेरिका चीनद्वारा यस विवादित समुद्रमा कृत्रिम द्वीप बनाउने कुरालार्इ लिएर गम्भीर बनेको छ ।

उसले केही महिनाअघि पनि बी-५२ बमर्षक विमान दक्षिण सागरका कृत्रिम संरचना आसपासमा उडाएको थियो । यसका साथै अमेरिकाले एक मिसाइल विध्वसंक समुद्रामा तैनाथ गरेको थियो ।

No comments:

Post a Comment