पेस्तोल हराएका डिएसपीको सरुवा

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी टीकाबहादुर केसीले मंगलबार चाल्नाखेलको घटनामा पेस्तोल हराएपछि कारबाहीस्वरूप सरुवा गरिएको छ । उनलाई काठमाडौं परिसरमा तानिएको हो ।


महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी प्रेमबहादुर बस्नेतलाई कीर्तिपुर वृत्तमा सरुवा गरिएको छ । ग्यास वितरणसम्बन्धी विवादमा स्थानीयले डिएसपी केसीलाई नियन्त्रणमा लिई उनको पेस्तोल र सञ्चार सेट लुटेका थिए । सञ्चार सेट मंगलबार दिउसो भेटिएको थियो भने पेस्तोलसहित सोही दिन साँझ चाल्नाखेलका विकास कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।
अवस्थाको सही मूल्यांकन गरी निर्णय गर्न नसक्दा घटना भएको भन्दै महानगरीय प्रहरी कार्यालयले उनलाई हटाएको हो । एभरेस्ट ग्यासका लागि लाइन बसेका एक हजारभन्दा धेरै सर्वसाधारणले ग्यास वितरण नभएपछि चाल्नाखेलस्थित एभरेस्ट ग्यासको कार्यालयमा तोडफोड गरेका थिए ।
प्रहरीले भीडलाई सम्झाउन खोज्दा स्थानीयले डिएसपीलाई नै नियन्त्रणमा लिई कुटपिट गरी पेस्तोलसमेत खोसेका थिए । प्रहरीले अवस्थाको सही मूल्यांकन नगरी बढी संयमता अपनाउँदा उक्त घटना भएको थियो । सुरुमा कम्पनीले ग्यास दिने भनेर लाइन राखी दिउँसो ग्यास नदिने बताएपछि उक्त घटना भएको थियो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment