चीनसँग ब्यापार र पारवहन सम्झौता गर्ने सरकारको तयारी

 पुस १० मा परराष्ट्रमन्त्री स्तरीय वार्ता,


पुस, काठमाडौं । सरकारले उत्तरी छिमेकी मुलुक चीनसँग व्यापार तथा पारबहन सम्झौताको तयारी गरेको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा नेपाली टोलीको नेत्तृत्व गर्दै पुस ८ गते बेइजिङ जानेछन् । थापाले १० गते चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरेर जनाएको छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री थापाको चीन भ्रमणको तयारीसँगै नेपालले चीनसँग व्यापार तथा पारबहन सम्झौताको मस्यौदा तयार पारेको छ । मन्त्रालय निकट स्रोतले भन्यो-‘अहिले नै सम्झौता भइहाल्छ भन्ने त होइन । तर, हामीले ड्राफ्ट तयार पारेका छौं । र, चीन पनि यसमा सकारात्मक छ ।’
नेपालले अहिलेसम्म भारतसँग व्यापार तथा पारबहन सम्झौता गरेको छ । उत्तरी छिमेकी मुलुक चीनसँग व्यापार सम्झौता समेत भएको छैन ।
भारतले अघोषित नाकाबन्दी गरेपछि भारतसँगै तेस्रो मुलुकबाट हुने आयात समेत प्रभावित भएको छ ।
यदि चीनसँग व्यापार तथा पारबहन सम्झौता भएमा नेपालले उसको नाका प्रयोग गरेर तेस्रो मुलुकबाट सामान आयात-निर्यात गर्न सक्नेछ । यसरी तेस्रो मुलुक आयात-निर्यात गर्न नेपालका लागि सांघाइको बन्दरगाह नजिक पर्नेछ ।

परराष्ट्रमन्त्री थापाको चीन भ्रमणको अर्को प्राथमिक एजेण्डा इन्धन सम्झौता रहेको छ । नेपाल र चीनबीच इन्धन आपूर्तिबारे समझदारी भइसकेको छ । तर, व्यवसासायिक सम्झौता हुन नसक्दा यो प्रक्रिया रोकिएको छ ।



पररराष्ट्रमन्त्री थापाको चीन भ्रमणका इन्धनको व्यवसायिक कारोबारका लागि दुई देशको प्रतिवद्धता आउनेछ । चीनबाट ल्याउने इन्धनको मूल्य भारतबाट आउनेभन्दा महंगो पर्ने भन्दै नेपालले कर छुट माग गरेको छ ।
र, यसका लागि दुई देशबीच उच्चस्तरमा वार्ता हुनु पर्ने भएकाले सरकारले उपप्रधान एवं परराष्ट्रमन्त्रीलाई बेइजिङ पठाउने लागेको हो । स्रोतले भन्यो, सम्झौता त आयल निगम र पेट्रो चाइनाबीच हुने हो । यो भ्रमणमा हुन पनि सक्छ । तर, मुख्य दुई देशको कमिटमेन्ट आउँछ ।’
चीनले दिने पेट्रोल ल्याउने स्थानदेखि स्टोरेजसम्मका प्राविधिक विषय समेत टुङ्गो लाग्न बाँकी छ । नेपाली अधिकारीहरुका अनुसार आगामी जनावरीमा चिनियाँ मन्त्री नेपाल आउने सम्भावना छ ।

No comments:

Post a Comment