मितेरी पुलमा भारतीय व्यापारीले गरे मोर्चा पर्सा संयोजकको सवारीमा तोडफोड -



 रक्सौल नाका ठप्प पार्न मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई बुधबार व्यापारीहरुले लखेटेका छन् ।
व्यापारीहरुले धर्नारत संघीय समावेसी युवा गठबन्धन पर्सा संयोजक ईश्वर यादवसहित कार्यकर्ताका मोटरसाइकल र अन्य सवारीसाधन पनि तोडफोड समेत गरेका छन् ।

भारतको रक्सौलबाट सामान लिएर आएका ब्यापारीहरुले धर्नाकारीहरुलाई लखेटेका हुन् । मधेसी मोर्चाका कार्यकर्ताहरुले रक्सौलबाट ठेला र टाँगामा ल्याइएका सामान नेपालतर्फ ल्याउन नदिएपछि ब्यापारीहरुले उनीहरुमाथी आक्रमणको प्रयास समेत गरेका छन् ।

धर्नारत नेता कार्यकर्ताहरुका अनुसार शुरुमा सामान लिएर आएका करिब २० जनाको समूहलाई रोकेपछि आक्रोशित उनीहरुको समूह मध्यरातमा करिब डेढ सयजनाको संख्या आएर आक्रमण गरेका हुन् ।

No comments:

Post a Comment