गोकर्णमा दाउरा खोज्न गएका व्यक्तिले सैनिकको हात काटे

काठमाडौं– गोकर्ण वनमा खाना पकाउने दाउरा खोज्न गएका व्यक्तिहरुको समुहले शनिबार बिहान एक सैनिक जवानको हात काटिदिएका छन्। सैनिकको नाम खुल्न सकेको छैन।



वनमा दाउरा खोज्न गएका व्यक्तिहरुलाई नेपाली सेनाको बर्दबहादुर गण 'घ' गुल्मका सैनिकले रोक्न खोज्दा भएको झगडामा दाउरा खोज्न गएको समुहको प्रहारबाट सैनिकको हात काटिएको बताइएको छ।



वन क्षेत्रको सुरक्षार्थ खटिएको गुल्मका सेनाले दाउरा खोज्न गएको उक्त समुहमा रहेका १० जनालाई दाउरासहित नियन्त्रणमा राखेकोे छ। दाउरा खोज्न गएका व्यक्तिहरु भने वन क्षेत्रका स्थानीय भने नभएको बताइएको छ।

No comments:

Post a Comment