शरिरका कुन अंग फर्फराए के हुन्छ ? शुभ या अशुभ ? जानी राखौं

काठमाडौं। नेपालमा थुप्रै रितीरिवाज, चालचलन र संस्कृती छन् । हाम्रोमा विद्यमान कुनै मान्यतालाई मान्छौं त कसैलाई स्विकार गर्दैनौं । यस्तैमा आँखा फर्फराउने विषयलाई पनि नेपाली समूदायले विशेष महत्व दिएको हुन्छ । हाम्रो शरिर निकै संवेदनशील हुने गर्दछ । यसै कारण हाम्रो शरिरले भविष्यमा हुने घटनालाई पनि पहिले नै आशंकाको रुपमा व्यक्त गर्ने गर्दछ । भविष्यको घटनालाई अवगत गराउनका लागि हाम्रो शरिरको विभिन्न अंग फर्फराउने गर्दछ । अंग फर्फराउनु हामीलाई शुभ र अशुभ कुराको अवगत गराउनु हो ।

हाम्रो शरिरको कुनै पनि भाग फर्फराउनुको कुनै न कुनै महत्व राख्ने गर्दछ । महिला र पुरुषको अंग फर्फराउनुको अर्थ भिन्न भिन्न हुने गर्दछ । आउनुहोस्, यस बारे विस्तृत जानकारी लिऔं ।



– यदि महिलाको दायाँ आँखा फर्फराएमा शुभ समाचार सुन्न पाइन्छ भने पुरुषहरुको बायाँ आँखा फर्फराउनु राम्रो मानिन्छ । महिलाको बायाँ आँखा फर्फराउनुको अर्थ उनको परिवारमा कुनै सदस्य बिरामी हुनु हो ।
– बायाँ आँखाको माथिल्लो भागा फर्फराउँछ भने तपाईंको दुश्मनसँग अझ दुश्मनी बढ्न सक्छ । आँखाको तल्लो भाग फर्फराउँछ भने बेकारमा कुनै कुरामा तपाईंको बहस हुनेछ र तपाईं अपमानित हुनुपर्नेछ ।
– बायाँ  आँखाको नाकको तर्फको कुना फर्फराउँछ भने यसको संकेत शुभ हुने गर्दछ । पत्र प्राप्तिको सूचना पाइने गरिन्छ अथवा कुनै प्रिय व्यक्तिसँग तपाईंको भेट हुनसक्छ ।
– यदि कुनै महिला वा पुरुषको दुबै आँखा एकैपटक फर्फराउँछ भने यसको फल दुबैमा एकै प्रकारको हुने गर्दछ । कुनै छुटिएका राम्रा साथीहरुसँग भेट हुन सक्छ ।
– दायाँ आँखा पछाडि भागबाट फर्फराउँछ भने यसको फल अशुभ हुने गर्दछ । बायाँ आँखा माथिल्लो तर्फ फर्फराउँछ भने यसको फल शुभ हुन्छ । महिलाको बायाँ आँखा फर्फराउँछ भने यसले पनि शुभ फलको संकेत गर्दछ ।
– यदि दुबै गाला फर्फराउँछ भने तपाईंलाई अतुल धन प्राप्त हुनसक्छ । यदि ओठ फर्फराउँछ भने तपाईंको कुनै हितैषीको आगमन हुने गर्दछ । मुख फर्फराउनुको अर्थ तपाईंको छोराको तर्फबाट शुभ समाचारको सूचक हुने गर्दछ । यदि लगातार दाहिने आँखाको माथिल्लो भाग फर्फराउँछ भने शारिरिक कष्ट हुनसक्छ ।
– यदि दायाँ हत्केला फर्फराउँछ भने तपाईंलाई पैसा र मानसम्मान मिल्ने गर्दछ भने बायाँ हत्केला फर्फराउँछ भने पैसाको हानी नोक्सानी हुने गर्दछ ।
– ओठ फर्फराउँछ भने कुनै प्रिय कुरा पाउने संकेत हो । यदि ओठको माथिल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रु नाश हुने गर्दछ । ओठको तल्लो भाग फर्फराउाछ भने कुनै प्रिय साथीसँग तपाईंको भेटघाट हुने गर्दछ ।
– यदि तपाईंको दायाँ घुँडा फर्फराउँछ भने सुन प्राप्ति हुनसक्छ । दायाँ घुँडाको तल्लो भाग फर्फराउँछ भने तपाईंको शत्रुमाथि विजय प्राप्ति हुने गर्दछ । यस्तै, बायाँ घुँडा फर्फराउँछ भने तपाईंको रोकिएको काम पूरा हुनेछ ।
– यदि तपाईंको दायाँ काँध फर्फराउँछ भने तपाईंको छुट्टिएको भाइ भेटिने संकेत हुनसक्छ र यदि बायाँ काँध फर्फराउँछ भने रक्त विकार अथवा बाथ सम्बन्धि रोग हुनसक्छ । यदि दुबै काँध फर्फराउँछ भने तपाईंको कुनै व्यक्तिसँग झगडा हुनसक्छ ।
– यदि तपाईंको जुंगा फर्फराइरहेको छ भने तपाईंको लागि यो शुभ संकेत हो । यसले समृद्धि आउने गर्दछ । यदि तपाईंको जुंगाको बायाँ हिस्सा मात्र फर्फराइरहेको छ भने तपाईंको कुनै व्यक्तिसँग बहस हुने सम्भावना रहेको हुन्छ ।
– यदि तपाईंको दाहिने कनपट्टी फर्फराइरहेको छ भने तपाईं जुन कामको लागि जाँदै हुनुहुन्छ त्यसमा तपाईंले सफलता पाउनुहुन्छ र यदि बायाँ कनपट्टी  फर्फराइरहेको छ भने तपाईंले आफूले चाहेको वस्तु पाउनुहुन्छ ।

No comments:

Post a Comment