यि हुन् सेक्सका १० फाइदा

१. तनाब कम, सही रक्तचाप
सेक्सले तपाईंलाई कम तनाब महसुस हुन्छ र रक्तचापलाई पनि सही ठाँउमा राख्न मद्दत गर्छ । स्कटल्यान्डमा २२ पुरुष र २२ जना महिलामा गरिएको अध्ययनले देखाएअनुसार जसले यौन सम्पर्क गरेका थिए उनीहरूले तनावलाई सहजै सामना गरेका थिए । यौन सम्पर्क नगरेकाहरूलाई भने रक्तचाप र तनाबको समस्या देखिएको थियो ।
२. रोगसँग लड्ने क्षमता वृद्धि
हप्ताको एक पटक वा दुई पटक यौन सम्पर्क गर्दा एक प्रकारको एन्टिबडी उत्पादन हुने गरेको पाइएको छ । सेक्स गर्नाले ‘इम्युनोग्लोबिन–ए’ नामक उक्त एन्टिबडीको उत्पादन बढी मात्रामा हुने गरेको पाइएको हो । यसले रुघाखोकी र अरू संक्रमणबाट बचाउँछ ।
३. क्यालोरी जलाउन मद्दत
तीस मिनेटको सेक्सले ८५ क्यालोरी जलाउन मद्दत गर्दछ । तसर्थ सेक्सलाई राम्रो व्यायामका रूपमा पनि लिने गरिएको छ ।
४. मुटु स्वस्थ राख्न
बेलायतमा गरिएको २० वर्षे लामो अध्ययनले हप्ताको दुई वा सोभन्दा बढी सेक्स गर्ने मान्छेलाई हृदयघात हुने सम्भावना कम हुने देखाएको छ । अध्ययनले भन्छ, महिना वा त्यो भन्दा नि लामो समयमा सेक्स गर्नेको भन्दा हप्तामा दुई वा सोभन्दा बढी सेक्स गर्नेलाई हृदयघातको सम्भावना आधा कम हुन्छ ।
५. आत्मसम्मानमा वृद्धि

सेक्सले व्यक्तिको आत्मसम्मान बढाउन मद्दत गर्छ । युनिभर्सिटी अफ टेक्सासको अध्ययन अनुसार मानिसले सेक्स गर्ने दुई सय ३७ वटा कारणमध्ये आत्मसम्मान पनि एउटा कारण हो ।


६.गहिरो प्रेम
सेक्स र चरमोत्कर्सले माया र सद्भावमा वृद्धि गराउँछ । यसको कारण भनेको सेक्सका बेला उत्पादन हुने ‘अक्सिटोसिन’ नामक हर्मोन हो, जसलाई ‘प्रेम हर्मोन’ पनि भनिन्छ ।
७. दुखाइ कम गर्न मद्दत
अक्सिटोसिनले शरीरमा इन्डोमोर्फिन नामक हर्मोन निकाल्न मद्दत गर्छ । इन्डोमोर्फिनलाई प्राकृतिक ‘पेन किलर’ पनि भनिन्छ । टाउको दुखाइ, हड्डी वा घँुडा दुखाइ कम गर्न पनि यौन सम्पर्कले मद्दत गर्दछ ।
८. धेरै स्खलनबाट प्रोस्टेट क्यान्सर हुने सम्भावना कम
अनुसन्धानहरूले धेरै स्खलनले जीवनको उत्तरार्धमा प्रोस्टेट क्यान्सर हुने सम्भावना कम भएको देखाएको छ ।
९. दह्रो पेल्भिक फ्लोर मसल
महिलाहरूका लागि पेल्भिक फ्लोर मसल मजबुत बनाउन पनि सेक्सले मद्दत गर्छ ।
१०. राम्रो निद्रा
चरमोत्कर्समा पुगेका बेला उत्पादन हुने हर्मोन अक्सिटोसिनले राम्रो निद्रा लगाउन मद्दत गर्दछ । राम्रो निन्द्राका फाइदाहरू पनि उत्तिकै हुन्छन् ।
स्वास्थ्य खबरपत्रिकाबाट साभार

No comments:

Post a Comment