देशैभर चिसो बढ्यो

काठमाडौं: राजधानीलगायत देशैभरको तापक्रम तल झरेको छ।
मंसिरको अन्तिम दिन मंगलबार राजधानीको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस पुगेको छ । काठमाडौंमा यो वर्षको सबैभन्दा कम तापक्रम मंगलबार रेकर्ड भएको हो।


आउँदा दिनमा तापक्रम अझै घट्ने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न भागमा हल्का वर्षाको सम्भावनासमेत भएकाले चिसो झन् बढ्ने महाशाखाको अनुमान छ।
मंगलबार पनि केही उच्च हिमाली भेगमा सामान्य हिउँ परेको छ भने केही पहाडी भेगमा पानी परेको छ। मंगलबार बिहान राजधानीको अधिकतम तापक्रम १८ तथा न्यूनतम ३.४ डिग्री थियो।
उपत्यकाबाहिर अधिकांश ठाउँको न्यूनतम तापक्रम तल झरेको छ। जुम्लामा न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ भने अन्य ठाउँको तापक्रम पनि ह्वात्तै घटेको छ।
त्यस्तै डडेलधुरामा २.१, दिपायलमा ३.५, वीरेन्द्रनगरमा ४ डिग्री सेल्सियसमा तापक्रम झरेको छ। सिरहा, ओखलढुंगा, ताप्लेजुङमा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा झरेको छ । विराटनगरमा ७.७ तथा धनकुटामा न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियसमा झरेको छ।
जाडो बढ्दै जादा भूकम्पपीडित तथा तराईका बासिन्दा भने थप समस्यामा परेका छन्। बिहानदेखि नै घामको ताम कमजोर हुने र हुस्सु लाग्नाले कठ्यांग्रिएर चिसोको समस्या भोग्ने सर्वसाधारणको संख्या बढ्न थालिसकेको छ।

पानी परेपछि उपत्यकालगायत देशैभर थप चिसो बढ्ने मौसम पूर्वानुमान केन्द्रहरूले जनाएका छन। देशभर चिसो देशैभरको तापक्रम घटेपछि सर्वसाधारण समस्यामा परेका छन्।

तराईका जिल्लामा शीतलहर चल्न थालिसकेको छ। महाशाखाले तराईमा शीतलहरको संकेत देखिइसकेको जनाएको छ। हरेक वर्ष तराईमा चल्ने शीतलहरले धेरैको मृत्यु हुने गरेको छ।
सरकारले शीतलहरबाट बच्न स्थानीय बासिन्दाका लागि कम्बल तथा दाउरासमेत वितरण गर्दै आएको छ। गृह मन्त्रालयले हरेक वर्षजस्तै यसपालि पनि दाउरा वितरण गर्ने जनाएको छ।

No comments:

Post a Comment