विप्लव माअोवादीद्वारा डिस होमको मुख्य टावर ध्वस्त

काठमाडाैं-ललितपुरको भैंसेपाटीको डिस होमको मुख्य टावर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माअोवादीले ध्वस्त पारेको छ। प्रत्यक्षदर्शीले प्रहरीलाइ दिएको जानकारी अनुसार टावरमा वम प्रहार गरिएको थियो। टावर र कार्यालयमा अागजनी भएर ठूलो क्षति भएको बताइएको छ।

माअोवादीले भारतीय टेलिभिजन च्यानल बन्द गर्न बारम्बार चेतावनी दिदै अाएको थियो। डिसहोम टावर ध्वस्त भएपछि भारतीयलगायत डिसका च्यानल प्रशारण बन्द रहेका छन्। ३ वटा मोटरसाइकलमा आएका ६ जनाले आक्रमण गरेको प्रहरीले जनाएको छ। घटनामा प्रयोग गरिएको एक मोटरसाइकलको नम्वर पहिचान भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी दिपनिधि ज्ञवालीले बताए। घटनामा संलग्नहरुको खोजी भैरहेको उनले बताए।
डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले आक्रमणबाट टावरमा क्षति पुगेको बताए। वैकल्पिक उपायबाट अहिले अवरुद्ध रहेको प्रसाण छिट्टै सुचारु गर्ने प्रयासमा आफूहरु रहेको बताए।

No comments:

Post a Comment