‘ठुङ्दे’ स्ट्याचुमा ‘फन्को’ प्रचार

प्रचारमा नयाँ शैली खोज्ने निर्माता नरेन्द्र महर्जनले आफ्नो नयाँ चलचित्र ‘फन्को’का लागि पनि एउटा गजबको तरिका अपनाएका छन् । माघ १ गतेबाट देशभरका हलमा लाग्ने यो चलचित्रको ‘ठुङ्दे’ बोलको गीतलाई नै प्रमुखताका साथ प्रचार गरिएको छ ।

निर्माता महर्जनले आफ्नो फेसबुकमा स्ट्याचु राखेर यो प्रचार तरिकाको सुरुवात गरेका थिए । उनको यो अभियानमा अहिले चलचित्रकर्मी र दर्शकले राम्रैसँग साथ दिइरहेका छन् । उनले सुरुवात गरेको यो अभियान अहिले प्रभावकारी पनि बन्दै गैरहेको छ ।


निर्माता महर्जनका अनुसार अब यी स्ट्याचुहरु देशका विभिन्न हलमा राखिनेछ । दर्शकलाई स्ट्याचुमा तस्बिर खिचाएर फेसबुकमा पोष्ट गर्न आग्रह गरिने उनको भनाई छ । यो अभियानले दर्शकलाई हलसम्म तान्न मद्दत पुर्‍याउने विश्वास निर्माताको छ ।

सुवर्ण थापा निर्देशित यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, प्रियंका कार्की, केकी अधिकारीको मुख्य भूमिका छ ।

No comments:

Post a Comment