कति बदलिएछ मोबाइल फोन ? एकपटक सम्झना गरौँ पूराना ७ कुरा

पछिल्लो १५ वर्षमा सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा बढि परिवर्तन भएको छ भने त्यो मोबाइल फोनको क्षेत्रमा भएको छ । यो बदलावको कारण आज दुइ चार वर्ष पहिलेका प्रविधि तथा मोबाइल सेटहरु समेत इतिहास बनिसकेका छन् जुन त्यो बेलाका सबैभन्दा नयाँ तथा महत्वपूर्ण विषय थिए । सायद तपाइँले पनि सम्झना गरिरहनुभएको र अहिले देख्न र भोग्न नपाइने मोबाइल फोनका ७ पूराना कुरा यस्ता छन्ः


१. हप्तौँ टिक्थ्यो मोबाइलको ब्याट्री चार्जः एन्ड्रोइड तथा आइओएस स्मार्टफोनको हाइटेक फिचर तथा त्यसमा इन्स्टल गरिएका एपहरुले मोबाइलको ब्याट्रीको चार्ज स्वात्तै खान्छन् अहिले । यस्तोमा स्मार्टफोनकेा ब्याट्री एक दिन टिक्यो भनेपनि खुसीको कुरा हुन्छ । तर सुरुवाती बेलाका मोबाइल फोनहरु जस्तै नोकिया ११००, नोकिया १०५० तथा सामसुङ एन३०० जस्ता सेटमा एकपटक मोबाइल पूरा चार्ज गरेपछि हप्तादिन वा त्यो भन्दा पनि बढि समयसम्म टिक्दथ्यो ।

२. किप्याड थिचिरहनु पथ्र्योः स्मार्टफोनको टचस्किनले फिचर फोनकेा किप्याडलाई प्रतिस्थापन गरेको छ । अब त एप्पलको आइफोन सिक्स एस तथा सिक्स एस प्लसमा त थ्री डी टच फिचर रहेको छ । तर पूराना जमानाका मोबाइल फोन नदेखेका र स्मार्टफोन मात्र देखेका फुच्चेफुच्चीहरुलाई मोबाइलमा म्यासेज पठाउँदा किप्याड थिच्नुपथ्र्यो भन्दा पत्यार नलाग्ला पनि । अझ एउटै की मा तिनचार अक्षर हुन्थे र अनि एउटै अक्षर लेख्नका लागि कैयन् पटक की थिच्नुपथ्र्यो ।

३. मोबाइलमा क्यामरा ? त्यो त सरप्राइज थियोः जब सन् २००० को आसपासमा मोबाइल कम्पनीहरुले आफ्ना मोबाइल सेटमा क्यामरा पनि राख्न थाले त्यसले प्रयोगकर्ता त्यस्ता मोबाइल फोन चलाउँदा निकै आश्चर्यचकित बन्दथे । मोबाइलबाट कुराकानी गर्न मात्र होइन फोटो खिच्न पनि सकिन्छ भन्ने कुरामा उनीहरुलाई आश्चर्य लाग्थ्यो । सबैभन्दा पहिले सामसुङले आफ्नो फोनमा क्यामरा राखेको हो जुन ०.३५ मेगापिक्सेलको थियो । आजभोलि सामान्य भन्दा सामान्य स्मार्टफोनहरुमा पनि १०-१२ मेगापिक्सेलका क्यामराहरु मामुली कुरा भैसकेका छन् ।

४. सबैभन्दा लोकप्रिय थियो स्नेक गेमः आजभोलि स्मार्टफोनमा उत्कृष्ट युजर इन्टरफेसका कारण थ्री डी ग्राफिक्सयुक्त गेमहरु सम्म इन्स्टल गरेर खेल्न सकिन्छ । तर पूराना दिनहरु अर्कै थिए । मोबाइल सेटमा सिमित गेमहरु हुन्थे र सबैभन्दा चर्चित तथा लोकपि्रय मोबाइल गेम थियो स्नेक गेम अर्थात् सर्पखेला । यो नोकियाको मोबाइल फोनमा हुन्थ्यो । मोबाइल फोन खरी दगर्ने समयमा मानिसहरु बिक्रेतासँग सेटमा यो गेम छ की छैन ? भनेर अवश्य सोध्थे ।

५. फोन उठाउँदा पनि पैसा लाग्थ्योः आजकल फोन गर्दा पनि फोनकलको पैसा बढि भन्दा बढि सस्तो बनाउन टेलिकम सेवा प्रदायकहरुमा प्रतिस्पर्धा हुन्छ । तर सुरुवाती दिनहरुमा कुरा बेग्लै थियो । फोन गर्दा पैसा लाग्नु त सामान्य भयो, फोनकल उठाउँदा पनि रोमिंग चार्जको रुपमा पैसा लाग्दथ्यो । नयाँ वालपेपर राख्न, रिंगटोन बदल्ने लगायतका लागि पनि पैसा तिर्नुपथ्र्यो ।

६. फुट्दै नफुट्नेः आजकलका स्मार्टफोन सेटहरु निकै कच्ची हुन्छन् र एकपटक खस्यो भने कम्तिमा पनि स्त्रिmनको सिसा त फुटेकै हुन्छ । अलि बढि बजि्रयो भने त पूरै सेट नै काम नलाग्ने भइदिन्छ । तर सुरुवाती अवस्थाका मोबाइल सेटहरु यति बलिया हुन्थे की चाहे ती जतिपटक पनि भुइँमा खसुन् फुट्ने भन्ने त कुरै थिएन ।

७. नोकियाको थियो प्रभुत्वः हुनत अहिलेपनि धेरै नेपाली मोबाइल प्रयोगकर्ताहरुको साथमा नोकियाकै मोबाइल सेट होला । तर अब ती सेटहरु बजारमा किन्न पाइनैछैन र बिगि्रएमा पनि त्यसका पाटपुर्जा पाइँदैनन् किनकी नोकिया कम्पनी बिकिसकेको छ र यसको पूरानो व्यापार सबै टुटिसकेकेा छ । कुनैसमय मोबाइल बजारमा नोकियाको प्रभुत्व थियो । अहिले एप्पलका महंगा आइफोन हुनु जस्तै ऊ बेला नोकियाको मोबाइल फोन हुनुमा सान थियो । सन् २००५ मा नोकियाको ११०० मोडलका फोन विश्वभरमा गरी २५ करोड गोटा बिक्रि भएका थिए । त्यस्तै नोकियाका ३२१० मोडलका १६ करोड वटा सेट बिकेका थिए ।

No comments:

Post a Comment