किन खुलेन तातोपानी नाका ?

सिन्धुपाल्चोक – भारतले लगाएको अघोषित नाकाबन्दीले देशमा मानवीय संकट गहिरिन थाले पनि उत्तरी छिमेकी चीन तातोपानी नाका खोल्न उदासीन देखिएको छ ।

वैशाख १२ मा आएको विनाशकारी भूकम्पसँगै बन्द खासास्थित चिनियाँ भन्सार पनि आठ महिनादेखि बन्दै छ । भूकम्प र भारतीय नाकाबन्दीको मार खेपेका नेपालीलाई चीनले एकातिर सहयोगको हात बढाएको छ भने अर्कातिर खासाको भन्सार सुचारु गर्न आनाकानी गरिरहेको छ ।

चीनले पेट्रोलियम पदार्थ अभाव झेलिरहेका नेपालका लागि १३ लाख लिटर अनुदान दिएको छ । यस्तै केरुङलगायत अन्य नाका खोल्न सहयोग गर्ने बताउँदै आएको छ । तर, नेपाल–चीन व्यापारमा संलग्न संघसंस्थाका प्रतिनिधि र स्थानीय नाका खोल्ने विषयमा चीनले सुरुदेखि नै विभिन्न बहाना बनाउँदै आएको आरोप लगाउँछन् । ‘सुरुमा भूकम्पका कारण खासा बजारमा क्षति पुगेको र पुननिर्माणपछि भन्सार सञ्चालन हुने भनियो, ’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमल श्रेष्ठले भने, ‘अहिले नेपालतर्फको भन्सारको यार्ड सफा गरे व्यापार सुचारु हुन्छ भनेको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment