पेशावर स्कुल आक्रमणमा मारिएका विद्यार्थीको नाममा १२२ स्कुलको नाम

२ पुस, काठमाडौं । पाकिस्तानको राजधानी स्लामाबादको १२२ स्कुल तथा कलेजको नाम पेशावरका आर्मी पब्लिक स्कुलमा भएको आक्रमणमा मारिएका १२२ विद्यार्थीको नामबाट राखिने भएको छ ।
सरकारले यसका लागि आनुमति दिएको छ । पेशावरको आर्मी स्कुलमा गत वष डिसेम्बर १६ मा भएको आक्रमणमा १५० को मृत्यु भएको थियो, जसमा धेरै विद्यार्थीहरु थिए ।
पाकिस्तानको सरकारी टीभीका अनुसार प्रधानमन्त्री नवाज शरीफले ११२ स्कुल र कलेजको नाम पेशावरमा स्कुल आक्रमणमा मारिएकाहरुको नाममा राख्न स्वीकृति दिएका छन् ।
यसको उद्धेश्य अज्ञानता र घृष्णाविरुद्धको लडाइमा मारिएका सहिदहरुप्रति श्रद्धान्जली दिनु भएको उनले बताए । उनले भने, हाम्रा दुश्मन घृष्णा र असहिष्णुता फैलाउन ताहन्छन् । तर, हामी यस्तो हुन दिन्नौं ।’
पाकिस्तानको संसदले पनि चरमपन्थीविरुद्धको लडाईमा समर्थन गर्ने प्रस्ताव पारित गरेको बीबीसीले जनाएको छ ।
विपक्षी नेता एतजाज अहसनले १९ डिसेम्बरलाई पाकिस्तानको कालो दिनको संज्ञा दिएका छन् ।

No comments:

Post a Comment