कतारमा मृत्यु भएका १३ नेपालीका परिवारले ६ करोड क्षतिपूर्ति पाए (नामावलीसहित)

कतार, कात्तिक २९ । कामको सिलसिलामा कतारमा रहेको बेला दुर्घटनामा परी मृत्यु भएका १३ जना नेपाली कामदारका परिवारले ६ करोड २२ लाख नेपाली रुपैयाँ बराबर क्षतिपूर्ति पाएका छन् ।

नेपाली दूतावासको पहलमा अदालतमा चलेको मुद्धा जितेपछि पीडित परिवारले क्षतिपूर्ति पाएका हुन । पीडितले पाउने क्षतिपूर्ति परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेपछि भुक्तानी दिनेछ। दूतावासले मुद्धा लड्दा लगेको खर्च कटाएर पीडित परिवारले पाउने गरी १७ लाख ६४ हजार रियाल परराष्ट्र मन्त्रालयमार्फत पठाएको छ।

सरकारले पीडितको पक्षमा लडिदिने तलबी वकिल नराखेकाले दूतावासले पीडित परिवारले पाउने क्षतिपूर्तिबाटै कट्टा हुने गरी वकिलको सहयोग लिएको थियो । क्षतिपूर्ति पाउनेहरुको सिववरण यसप्रकार छ । क्षतिपूर्ति पाउनेमा सडक दुर्घटना र कार्यस्थलमा मृत्यु भएकाहरू छन्।



क्षतिपूर्ति पाउने

१. मङ्जाबुङ–६ पाँचथरका लैनाबहादुर मगर ७९ हजार रियाल

२. आदर्श–३, रूपन्देहीका बिन्देरी धोबीका परिवार ७६ हजार रियाल

३. मसिना–९, रूपन्द्रेहीका कमरुदिन फकिरका परिवार एक लाख ५९ हजार रियाल

४. ज्याम्दी–७, काभ्रेका भीमबहादुर तामाङ एक लाख ५९ हजार रियाल

५. नोकैलिया–७, सर्लाहीका अन्जय रोय एक लाख १९ हजार रियाल

६. जितकैया–७, धनुषाका उमेश खत्बे एक लाख ५६ हजार रियाल

७. तौलिहवा–११, कपिलवस्तुका मोहम्मद हुसेन बदाहका परिवार एक लाख ५९ रियाल

८. जन्ते–२, मोरङका डम्बरबहादुर लिम्बू एक लाख ५९ हजार रियाल

९. नन्दनगर–७, कपिलवस्तुका सुवास चौधरी एक लाख ५९ हजार रियाल

१०. राम्छे–६, म्याग्दीका छमबहादुर पाइजा ९ हजार रियाल

११. मिजुरेडाँडा–८, कास्कीका लेखबहादुर गुरुङ एक लाख ९६ हजार

१२. दरबेस–३, मोरङका डोरप्रसाद रिजाल एक लाख ५९ हजार

१२. लेङघुवा–७, धनकुटाका यज्ञराज राईका परिवार ९५ हजार रियाल

१३. लेङघुवा–७, धनकुटाका यज्ञराज राईका परिवारले ९५ हजार रियाल

No comments:

Post a Comment