फेसबुकका मालिकले करोडौँ मानिसलाई यसरी बनाए उल्लु !

काठमाण्डु– फेसबुकका सिईओ मार्क जुकेरबर्गले आफूलाई सन्तान प्राप्ती भएकोमा फेसबुक प्रयोगकर्तालाई आफ्नो स्ट्याटस सेयर गरेवापत ४.५ मिलियन डलर दिने समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

उनको फेसबुकमा आफ्नो स्ट्याटस सेयर गरेवापत भाग्यशाली हजार जनालाई ४.५ मिलियन डलर दिने लेखिएपछि सो स्ट्याटस अहिले भाइरल भइरहेको छ । तर, चर्चित मिडिया ‘मिरर’सँगको कुरामा उनले भनेका छन्, ‘यो केवल भ्रमात्मक मात्र हो, हामी यसका लागि माफी चाहन्छौँ तर, जुकेरबर्गले कत्ति पनि पैसा दिने छैन ।’

जुकेरबर्गका अनुसार यदी तपाईंले यो पोस्ट सेयर गरिसक्नुभएको छ भने डराउनु पर्दैन किन कि यो कुनै भाइरस होइन । उनी भन्छन्, ‘तर, पैसा कमाउने धुनमा तपाईं अलि स्वार्थी हुनुभयो कि ?, यसका लागि म माफी माग्छु । जसले यो पोस्ट सेयर गरेर मलाईं धन्यावाद दिनुभयो ।’ उनले यो स्ट्याटस मानिसको लालचलाई बुझ्नका लागि राखेको संकेत गरेका छन् । जुन स्ट्याटस करिब तीन लाख मानिसले सयर गरेका छन् ।

No comments:

Post a Comment