नाकाबन्दीबारे १९ गतेपछि पुनर्विचार : ठाकुर


सीमांकनबारे लचिलो बन्ने संकेत

 सीमांकनबारे लचिलो बन्ने संकेत

१४ पुस, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले १९ पुसपछि मोर्चाले गरिरहेको आन्दोलनको स्वरुप फेरिन सक्ने संकेत गरेका छन् । घोषित आन्दोलनका कार्यक्रम १९ पुससम्मका लागि भएकाले त्यसपछि बस्ने मोर्चाको बैठकले नाकाबन्दीबारे पुनर्विचार गर्ने उनको भनाई छ ।


‘१९ गते मोर्चाको बैठक बस्छ । सो बैठकमा नाकाबन्दी जारी राख्ने कि स्थगित गर्ने भन्ने विषयमा छलफल हुनेछ,’ अध्यक्ष ठाकुरले भने । नाकाबन्दी स्थगित गर्न भारतले आफूहरुलाई कुनै दवाव नदिएको उनको भनाई थियो ।

रिपोर्टर्स क्लवको एक प्रतिनिधिमण्डलसित कुराकानी गर्दै ठाकुरले मोर्चाद्वारा प्रस्तुत ११ बुँदे मागका विषयमा बुँदागत छलफल गर्नुपर्ने बताए । ‘११ बुँदेका के-के पूरा गर्न सकिन्छ र के-के पूरा गर्न सकिदैंन भन्नेमा सरकारको भनाई आउनुपर्‍यो,’ उनले भने, ‘तर प्रधानमन्त्री अझै वार्ताप्रति गम्भीर रहेको पाएका छैनौं ।’ हाल संसदमा पेस भएको संविधान संसोधन प्रस्ताव भने आफूहरुले नमान्ने ठाकुरले जनाउ दिएका छन् ।

‘हामीसित सहमति भएर त्यो प्रस्ताव आएको होइन । त्यसैले मान्ने कुरै छैन,’ ठाकुरको भनाई उद्वृत गर्दै रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले अनलाइनखबरसित बताए ।

सीमांकनमा लचिलो हुन तयार

ठाकुरले सीमांकनको बारेमा विश्वासिलो आधार सरकारले दिएमा आफूहरु लचिलो बन्न तयार रहेको जानकारी दिए । उनले भने, ‘सिमांकनलाई पछि सारेर छलफल गर्न हामी तयार छौं । तर यसका लागि सरकारले स्पष्ट प्रस्ताव ल्याउनुपर्छ ।

No comments:

Post a Comment