फिल्मसिटीको बिरोध गरेको भन्दै ओलीको पुत्ला दहन

करिब ७ बर्ष पहिले सरकारले प्रस्ताव गरेको दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटी बनाउने योजनाको बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आयोजित एक कार्यक्रममा बिरोध गरेपछि दोलखामा उनको पुत्ला दहन गरिएको छ । फिल्मसिटीको प्रस्तावसँगै काम समेत अघि बढ्दैगर्दा एक्कासी आएर प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्याक्तिले बिरोध गर्नु समग्र दोलखाबासी माथीको अपमान तथा अन्याय भन्दै स्थानिय राजनीतिक संगठन तथा पेशागत संस्थाले बिरोध गरेका हुन् ।

नेपाली कांग्रेस दोलखा जिल्ला कार्यसमितिको नेतृत्वमा भएको बिरोध र्यालीलाई उद्योग बाणिज्य संघ दोलखा र गौरीशंकर चलचित्र समाजले समेत समर्थन गरेको छ । सदरमुकाम परिक्रमापछिको पुत्ला दहनसँगै अन्तिममा भएको कोण सभामा कांग्रेस जिल्ला सभापति तारा कोईरालाले दोलखामा फिल्मसिटी हुने टुंगो लागिसक्दा भएको बिरोधलाई माफियाहरुको चलखेलको संज्ञा दिँदै यसलाई अन्त नसार्न चेतावनी दिएका त्यहाँबाट पत्रकार रमेश खतिवडाले फिल्मीखबरलाई बताए । कांग्रेस पार्टीको अगुवाईमा भएको बिरोध सभामा समग्र सदरमुकामबासीको समेत साथ रहेको बताईएको छ ।

दोलखाबासीले प्रधानमन्त्रीले आफ्नो कुरा नसच्याए जस्तोसुकै आन्दोलन गर्नसक्ने भन्दै जुनकुनै हालतमा पनि दोलखालाई फिल्मसिटीको रुपमा चिनाई छाड्ने बताएका छन् । ओलीले हप्तामा दुई घन्टा घाम लाग्ने ठाउँमा स्टुडियो बन्न नसक्ने भन्दै 'स्टुडियो त यस्तो होस् जहाँ हिरोसँग रिसाएको झोकमा हिरोइनले हामफाल्ने तलाउ होस्' बोलेका थिए । उनले दोलखामा नभई लमजुङ, गोरखा तथा तनहुँ जिल्लालाई भेग मिल्नेगरी फिल्मसिटीको ठआउँमा स्मार्टसिटी बनाउने योजना अघि सारेका थिए ।

No comments:

Post a Comment