शनिबारको भूकम्पबाट चार घर भत्किए



बैतडी : शनिबार बिहान पश्चिम बाजुरालार्इ केन्द्रबिन्दु बनाएर नेपालमा गएको ५.५ म्याग्निच्यूडको भूकम्पबाट बाजुराका चार घरमा क्षति पुगेको छ ।

बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार भूकम्पबाट बाह्रबिसे र ठुलसैनका घरमा क्षति पुगेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिए ।

शनिबार बिहान ४ बजेर २ मिनेट जाँदा बाजुराको जगन्नाथ गाविस आसपास केन्द्रबिन्दु भई भूकम्प गएको थियो ।

भूकम्पको धक्का सुदूरपश्चिम, मध्यपश्चिमलगायत जिल्लामा महसुस गरिएको थियो । रासस

No comments:

Post a Comment