महिलाले हस्तमैथुन गर्दा योनि खुकुलो हुने र आकार पनि परिवर्तन हुन्छ भन्ने सुनेकी छु । के यो साचो हो ?

यो तपाईले सुनेको हल्ला भ्रम मात्र हो । समाजमा महिलामा योनिमा कुनै वस्तु छिराएपछि योनिको आकार ठूलो हुन्छ भन्ने भ्रम छ । तर, योनिमा त्यस्ता वस्तु प्रवेश गराउँदा योनिको आकारमा परिवर्तन आउँदैन । तर, विवाहपूर्व योनिमा वस्तु तथा औंला छिराउँदा योनिको भिल्लि भने च्यातिने गर्छ । यसलाई हाम्रो समाजमा कुमारीत्व गुमाउनु भन्ने बुझिन्छ ।


योनिको सालाखाला लम्बाइ यस्तै ३ इन्चको हुन्छ । यौन उत्तेजनाको वेलामा यसको लम्बाइ बढेर ४ इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । सामान्य अवस्थाको कुरा गर्दा यसको भित्ता एक अर्कासँग टाँसिएका हुन्छन् ।
योनि मांशपेसीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ । तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा कुनै कुरा औंला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो वस्तुमा टाँसिएको अवस्थामै हुन्छ ।
डा. विश्व दवाडी

No comments:

Post a Comment