एउटा ग्यास लिन युद्ध जितेजस्तो (फोटोफिचर)

ललितपुर – मध्य ललितपुरको चापागाँउस्थित एक ग्यास डिपोमा जब बुधबार भरिएको ग्यासको सिलिण्डर बोकेको गाडी रोकियो एकैछिनमा बजार वरपरका उपभोक्ताको भिड जम्मा भइहाल्यो । एकाएक हातमा पैसाको मुठोसँगै कुपनको कागज बोकेका स्थानीयको भीडले पाइलो हाल्ने ठाँउसम्म पाइएन ।
 



५० वटा ग्यास भरिएको गाडी खडा भएपनि ग्यासको कुपन भने १ सय भन्दा धेरै वितरित थियो । आफूले ग्याँस नपाउने चाल पाएपछि गाडी वरपर घेरिरहेका स्थानीयले अनि ग्यास खोसाखोस गर्न थाले । एकातिर बजारमा ग्यास आएको उल्हास थियो भने अर्कोतर्फ ग्याँस बाँड्ने तनाव । डिपोमा तैनाथ २ जना प्रहरीले उपभोक्तालाई नियन्त्रण गर्ने अवस्था थिएन ।

अन्ततः गाडीबाट ग्यास झारिएन । पछि लामो समयसम्म पालो पर्खेका उपभोक्तालाई कुपन अनुसार नियमसंगत ग्यास बाँडे ।

No comments:

Post a Comment