पढ्न बसेका केटीहरु के गर्छन् होस्टेलमा ? हेर्नुहोस् ८ रहस्यहरु

राम्रो भविष्यका लागि भनेर अभिभावकले आफ्ना छोराछोरीलाई होस्टेलमा राखेर पढाउँछन् । आम धारणा जस्तै बनिसक्यो की होस्टेलमा राखेपछि आफ्ना छोराछोरीहरुले राम्रो पढ्नेछन् । तर थोरै मानिसहरुलाई मात्र ज्ञान हुन सक्छ, होस्टेलमा राखेर पढाउँदैमा राम्रो पढ्छन् भन्ने कुरा भ्रम मात्रै हो । आफ्नो परिवारको माया ममता भन्दा कुनै चार दिवार भित्र कडा अनुशासनमा रहेर पढेपछि मात्र राम्रो पढ्छन् भन्ने धारणा सत्य होइन ।  भारतका एक चर्चित हिन्दी अनलाईन पत्रिकाले होस्टेलमा केटीहरुले गर्ने गतिविधीहरु अध्ययन गरी एक सामाग्री प्रकाशित गरेको छ ।

नेपाली समाजमा पनि मौलाउँदै गएको होस्टेल संस्कृतिलाई मध्यनजर गरि सो सामाग्री प्रकाशित गरिएको छ ।

१. होस्टेलमा केटीहरु म्यूजिक पार्टीहरु जस्तै माहौल बनाएर बस्छन् । सिनेमा हेरेर दिन बिताउँछन् । उनीहरु ग्रुपमा हेर्न मन पराउँछन् र धेरै जसो केटीहरु ट्यापलेट र ल्यापटपमा मुभि हेर्ने गर्छन् ।

२. उनीहरु पूर्ण स्वतन्त्र अनुभूत गरि कानमा हेडफोन लगाएर डान्स गर्ने गर्छन् । एक्लै त उनीहरु आफ्नो कोठामा नाच्छन् नै । जब होस्टेल प्रशासनको आँखा छलेर ग्रुप नै नाच्छन् अनुमान लगाउँनुस् अव कस्तो होला माहौल ? सबै जना एउटै उमेर समुहका केटीहरु हुन भएकाले नाच्दा आफूले लगाएको कपडाको समेत ख्याल गर्दैनन् ।

३. केटीहरु आफ्नो परिवारबाट पर हुने भएकाले घरको रमझम वा पारिवारिक माहौल आफूसँगै बनाउन खोज्छन् । आफुसँगै पढ्ने साथीहरुलाई परिवारको सदस्यका रुपमा लिई पारिवारिक वातावरण बनाउन खोज्छन् । त्यस्तो अवस्थामा उनीहरु सधै सानो सानो पार्टी जस्तो गर्ने गर्छन् । धेरै साथीहरु होस्टेलमा हुने भएकाले प्रत्येक जसो हप्ता कसै न कसैको त जन्म दिन परि नै हाल्छ । सो बाहानामा केटीहरु एकदमै रमाइलो गर्ने, गाना बजाना गर्ने गर्छन् ।

४. केटीहरु घरमा होस् वा होस्टेलमा उनीहरु नयाँ लुगा लगाउन उत्सुक नै हुन्छन् । होस्टेलमा आफू समानका साथीहरु धेरै हुने भएकाले उनीहरु एक अर्काको लुगा साटफेर गरि लगाउँछन् । कति ले त कुन साथीको लुगा हो भन्ने कुरा नै भुल्ने समेत गर्छन् । यस्तो अवस्थामा धेरै व्यक्तिको लुगा लगाउन छाला सम्बन्धी रोगको समेत सिकार हुने गर्छन् ।



५. स्वभाविक उमेर जन्य व्यवहार उनीहरुमा पर्ने भई नै हाल्यो । उनीहरु आफ्नो हुनेवाला व्वाइफ्रेन्डको बारेमा कुरा गरेर बस्छन् । व्वाई फ्रेन्ड यस्तो होस् त्यसैतो होर भन्दै आफ्नो विवाहको प्लानिङ समेत गरेर बस्ने गर्छन् ।

६. केटीहरु एक साथीले अर्को साथीलाई दुःख दिन पनि माहिर मान्छिन् । उनीहरु बाथरुममा धेरै बेर अटेर गरि बसेर, रुममेट साथीको सामान यता उता गरि, उल्टा पाल्टा फोटोहरु खिचेर साथीलाई सिराउने बनाउने गर्छन् ।

७. होस्टेलमा समय बिताउन केटीहरुलाई एकदमै मुस्किल पर्ने गर्छ । त्यो समयमा उनीहरु आफ्नो परिवार सम्झिन्छन् । साथीहरु सम्झिन्छन् । रोचक कुरा त उनीहरु बिस्तारै विस्तारै आफ्नै दुनियाँमा अभ्यस्त हुन थाल्छन् । होस्टेल बसेकी छोरी धेरै पढेर राम्रो भविष्यको बनाउने आशामा बसेको परिवार छाँगाबाट खसे जस्तै हुने गरेको उदाहरण पनि पाइन्छ । किनकी होस्टेलमा सबै सज्जन केटीहरु मात्रै आउछन् भन्ने छैन ।

८. होस्टेलमा आफ्नै प्रकारको नियमहरु हुन्छन् । जुन नियम केटीहरुका लागि सहिनसक्नुको समेत हुन्छ । उनीहरु खुम्चिएर तनाबमा बस्छन् । कलेजमा पढ्ने र होमवर्क गर्ने समय भन्दा बाँकी समय उनीहरु उदास मुडमा हुन्छन् । होस्टेललाई बाहाना बनाएर घुम्न निस्कन्छन् । एकपटक मात्रै होस्टेललाई ढाँटेर बाहिर जान सक्यो भने फेरि अर्को पटक कसरी ढाँट्ने भनेर सोच्न थाल्छन् ।

No comments:

Post a Comment