दुई साताका लागि गएका ‘नक्कली’ भूकम्पपीडितलाई एक सातामै फर्काइदियो चीनले

काठमाण्डु, ६ पुस– गृहमन्त्री शक्ति बस्नेतले भूकम्प पीडितको कोटामा आफ्ना दुई छोरीसहित एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तीन नातिनीलाई चीन भ्रमण पठाएपछि ठूलै हंगामा भयो ।

चीनले भूकम्पबाट भएको क्षति र पुनर्निर्माणको अवलोकनका लागि १५ देखि ३० वर्षमुनिका भूकम्प प्रभावितलाई सिचुआन प्रान्तको छिन्दुङ भ्रमण गराएको थियो । गत २५ मंसिरमा दुई साताका लागि चीन उडेको टोली एक सातामै स्वदेश फर्कियो ।
कारण थियो, उक्त प्रकरणबारे चीनको असन्तुष्टि । सो प्रकरणबारे सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि चीनले त्यसलाई गम्भीर रुपमा लियो । चाइना प्रकरणले एमाओवादीमै ठूलै हलचल ल्यायो ।
जारी केन्द्रीय समिति बैठकमा गृहमन्त्री शत्ति, बस्नेतको राजीनामा मागियो । बैठकमा अब त्यस्तो गल्ती नगर्ने भन्दै माफी मागेपछि एकपटकका लागि बस्नेतले माफी पाए ।
भ्रमणमा सहभागी सदस्यहरुका कारण विवाद भएपछि दुई साताका लागि गएकाहरु एक सातामै फिर्ता भए । यदि १४ दिनसम्मै बसेको टोली अहिलेसम्म चीनमै हुन्थ्यो ।
तर टोलीका सबै गत १ पुसमै नेपाल फर्किइसकेका छन् । ‘हामी दुई साताका लागि गएका थियौं, भिसा नै १४ दिनको थियो’, टोलीका एक सहभागीले काठमाण्डु टुडेसँग भने, ‘अधिकांश नेताका आफन्त भ्रमण टोलीमा सहभागी भएका कारण चीनले एक हप्तामै फिर्ता गरिदियो ।’
उनका अनुसार भ्रमण विवादति भएसँगै चिनियाँहरुले टोलीमा सहभागीहरुलाई खासै राम्रो व्यवहारसमेत गरेका थिएनन् ।

No comments:

Post a Comment