चीनबाट ३० वटा विद्युतीय बस काठमाडौं ल्याइँदै २० वटा सित्तैमा, १० वटा महानगरपालिकाले किन्ने

चीनबाट ३० वटा विद्युतीय बस काठमाडौं ल्याइँदै  २० वटा सित्तैमा, १० वटा महानगरपालिकाले किन्ने

२९ मंसिर, काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ । ती अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् ।
स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई २० वटा इलेक्ट्रिक बस दिन लागेको महनगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।
यी बसहरू व्याट्री चार्ज गरेर चलाउन सकिन्छ ।
चीनले काठमाडौं महानगरपालिकालाई ती बस हस्तान्तरण गर्ने तय भएको छ । सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न महानगरपालिकाको एक टोली चीन जाने तयारीमा छ ।

महानगरपालिकाले चीनसँग थप १० वटा विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ । किनिएका समेत गरी चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउनेछ ।
महानगरले साझा यातायातलाई दिने
महानगरपालिकाले अनुदानमा प्राप्त विद्युतीय बस साझा यातायातमार्फत सञ्चालन गर्ने कार्कीले बताए ।
‘हामी आफैं बस चलाउँदैनौं, साझालाई सार्वजनिक यातायात सञ्चतालनको अनुभव छ । त्यसैले उसैसाग समन्वय गरेर इलेक्ट्रिक बसहरु चल्छन् ।’ कार्कीले भने- ‘विद्युतीय सवारीलाई प्राथमिकता दिने कुरा चलिरहँदा यसको प्रयोग परीक्षणका रुपमा हुनेछ ।’
भारतीय नाकाबन्दीपछि इन्धनको अभाव हुँदा नेपालमा विद्युतीय सवारीको आवश्यक्ता महशुस भइरहेका बेला चीनले बसहरु दिन लागेको हो ।
चीन विद्युतीय सवारी साधनको प्रयोगमा निकै अब्बल राष्ट्र मानिन्छ । चीनमा विद्युतीय सवारीको प्रयोग बढाउन तेलमा ६७ प्रतिशतसम्म कर लगाउने गरिएको छ ।

अनुदानमा पेट्रोल सहयोग दिइसकेको चीनले नेपाललाई इन्डक्सन चुल्हो पनि अनुदानमा दिँदैछ ।

No comments:

Post a Comment