जानी राखौँ ‘स्तन साना हुनुका १० फाइदा

भनिन्छ महिलाहरुको शरीर नै कलात्मक हुन्छ पुरुषहरुको तुलनामा । शरीरको बनावट अनुसार महिलाहरु साच्चै नै सुन्दर पनि देखिन्छन् । शीरदेखि पाउसम्म शरीरका सबै अङ्ग चटक्क मिलेका छन् भने हेर्नेले पनि आहा ! भन्छन् तर एक मात्रै अङ्ग पनि निश्चित आकार भन्दा ठूलो वा सानो, लामो वा छोटो वा यस्तै केही फरक खालको भैदियो भने आफैँ पनि पिडित बन्छन् । महिलाहरुको अन्य अङ्गको तुलनामा स्तनको चर्चा धेरै हुने गरेको पाइन्छ । स्वयम् महिलाहरु पनि आफ्नो स्तनको आकारप्रति अत्यधिक सचेत हुन्छन् । उनीहरु आफ्नो स्तनको आकार ठूलो वा सानो भए बढि नै पिडित बन्ने गरेको विभिन्न रिसर्चहरुले पनि देखाईसकेको छ ।



महिलाहरु आफ्नो स्तनको आकार सानो भयो भनेर निक्कै तनावमा हुन्छन् । यसको लागि विभिन्न क्रिम, मसाज, एक्सरसाइज तथा सल्यक्रिया गरेर पनि ठिक पार्न प्रयासरत हुन्छन् । उनीहरुले आफ्ना साना स्तनको फाइदा खोज्न तिर भन्दा आफूलाई अपमानित महसुस गर्न उद्धत रहेको एक अनुसन्धानले देखाएको छ । तर साना स्तन हुनुका कैयौँ फाइदा पनि छन्, त्यस तर्फ भने ध्यान खासै गएको देखिदैन । यहाँ हेरौँ स्तन साना हुनुका १० फाइदा जसबाट तपाई हामीमै भएको तनाव केही कम हुन सक्छ :



फाइदा नम्बर १ः तपाई ब्रा वा यस्तै भित्री वस्त्र नलगाई पनि घर बाहिर निस्कन सक्नु हुन्छ । ब्रा नलगाउँदा पनि सार्वजनिक स्थानमा तपाईलाई कसैले नोटिस गर्दैन ।

फाइदा नम्बर २ः उमेर बढेसँगै तपाईका स्तन धेरै गिला हुने र झोलिने चिन्ता हुँदैन ।

फाइदा नम्बर ३ः तपाई ठूला स्तन भएकी महिला भन्दा धेरै छिटो सिँडीबाट झर्न सक्नु हुन्छ । अथवा साना स्तन भएको कारण तपाईले ओरालोमा निक्कै छिटो दौडन सक्नु हुन्छ ।

फाइदा नम्बर ४ः साना स्तन हुने तपाई ठूला स्तन हुनेभन्दा धेरै आनन्दले सुत्न र मिठो निन्द्रा पाउन सक्नु हुन्छ । भियना विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार साना स्तन हुने महिलाको तुलनामा ठूला स्तन हुने महिलाहरु सुत्ने कुरामा २४ प्रतिशत कम संवेदनशिल हुन्छन् ।

फाइदा नम्बर ५ः ठूला स्तन हुने अधिकांश महिलालाई ढाड दुख्ने समस्या हुन्छ तर साना स्तन हुने महिलाले यो दर्द कम मात्रै अनुभव गर्न पाउँछन् ।

फाइदा नम्बर ६ः कपडाको छनौटमा ठूला स्तन हुने महिलाको तुलनामा साना स्तन हुने महिलाहरु कम सचेत बन्दा पनि हुन्छ । साना स्तन हुने महिलालाई जुनसुकै कपडा लगाउन पनि सहज हुने गर्दछ ।

फाइदा नम्बर ७ः साना स्तन हुनेहरुलाई बुब्स लिफ्टिङ टेप वा यस्तै स्तनलाई रिसाइज गर्ने साधनको जरुरत नै पदैन ।

फाइदा नम्बर ८ः साना स्तन हुने महिलाहरु घोप्टे परेर पनि सुत्न सक्छन् साथै तपाईले निन्द्रामा घुर्ने वा उकुसमुकुसको अवस्था अनुभव गर्नु नै पर्दैन ।

फाइदा नम्बर ९ः तपाई लो–कट टप्स लगाएर मज्जाले बस्न वा सार्वजनिक स्थलमा जान सक्नु हुन्छ । ‘क्लिवेज लुक’ को लागि पनि तपाईले कुनै चिन्ता लिनु पर्ने हुँदैन ।

फाइदा नम्बर १०ः सार्वजनिक स्थल वा यस्तै स्थानमा साना स्तन हुने तपाईले छेडछाड वा हिंसाको सिकार कम हुनु पर्दछ । अक्सर ठूला स्तन हुने महिलाहरु सार्वजनिक स्थलमा पुरुषबाट बढि पिडित हुने गरेको एक अध्ययनले देखाएको छ ।

No comments:

Post a Comment