चीनमा बोतलको हावा बेचिँदै

चीन पछिल्लो समय प्रदुषणको मारमा परेको छ र प्रदुषणकै कारण बेइजिंगमा त आपतकालिन अवस्था नै आएको छ । चीनको यो अप्ठेरोका कारण क्यानडाको एक कम्पनीलाई भने मालामाल भएको छ । एक क्यानेडाली कम्पनीले चीनमा स्वच्छ पहाडी हावा भरिएका बोतल बेचिरहेको छ । र, एउटा बोतलको मूल्य पर्छ झण्डै २८ सय रुपैयाँ ।

क्यानेडाली कम्पनी भाइटालिटी एयरले प्रिमियम अक्सिजन नामका अक्सिजनका बोतल चीनमा बेच्न थालेको छ । चिनिया अनलाइन सपिंग साइट ताओबाओबाट यी हावाका बोतल बिक्रि गरिरहेको कम्पनीका प्रतिनिधि ह्यारिसन ब्यांगले बताएका छन् ।

ताओबाओमा बिक्रिका लागि अक्सिजन बोतलको सूचि प्रकाशित गर्ने बित्तिकै खरीद कर्ताले तत्कालै खरीद गर्ने गरेका छन् । करीब २ महिनाअघिबाट चीनमा हावाका बोतल बेच्नका


चीनमा बढिरहेको प्रदुषणका कारण आफु चिन्तित रहेको भन्दै ब्यांगले चिनियाहरुले ताजा हावा खान पाउन् भनेर बोतल बेच्न थालेको बताए ।

हुनत चीनमा प्रदुषणको फाइदा उठाउने उक्त कम्पनी एकलो होइन । एउटा रेष्टुरेन्टले पनि त्यहाँ ग्राहकलाई हावा खुवाएको भन्दै पैसा असुल्न थालेको समाचार आएको थियो ।

साँच्ची हाम्रो नेपालले भटाभट डाँडाकाँडाको ताजा हावा ड्रम का ड्रम भरेर चीनतिर निर्यात गरेमा पैसा त थुप्रै कमाउन सक्ने रहेछ हगी ।

लागि कम्पनीले बजारीकरण सुरु गरेको थियो र अहिलेसम्म ५ सय बोतल बेचिसकेको छ भने ७ सय बोतल आउने क्रममा रहेका छन् ।

No comments:

Post a Comment