२०१६ मा कसका कुन फिल्म ?

पुस १४, २०७२- २०१५ बलिउडका लागि गतिलो वर्ष रह्यो । यो वर्ष केही ठूला स्टारका बिग बजेट फिल्मले बक्स अफिस तताए भने केही सानो बजेटका फिल्महरु ‘सरप्राइज हिट’का रुपमा उदाय । अन्तर्राष्ट्रियस्तरका फिल्म फेस्टिभलहरुमा कुनै अवार्ड नपाए पनि हिन्दी फिल्मको बजार भने बढिरहेको मानियो ।
२०१६ मा पनि ठूला स्टारहरुका केही फिल्म आउदैछन् । ती कुन फिल्म हुन् ?

१. सलमान खान– सुल्तान
अलि अब्बास जफरले निर्देशन गर्ने यो फिल्ममा सलमान खान हरियाणाका रेस्लर केसरी सुल्तानको भूमिकामा देखिनेछन् । २०१६ को इदमा रिलिज हुने यो फिल्मको सुटिङ भइरहेको छ ।
२. आमिर खान– दंगल
सुल्तानमा सलमानजस्तै दंगलमा आमिर पनि हरियाणाका रेस्लरको भूमिकामा देखिनेछन् । महावीर फोगट नामक वास्तविक रेस्लरको जीवनमा आधारित यो फिल्ममा आमिर तीन भिन्न उमेर र अवस्थामा देखिनेछन् । फिल्मका लागि आमिरले २० किलो वजन पनि बढाएका छन् ।
३. शाहरुख खान– रइस र फ्यान
शाहरुख खानका यो वर्ष दुई फिल्म आउनेछन्– रइस र फ्यान । राहुल ढोलकियाले निर्देशन गरेको ‘रइस’मा शाहरुख एक गुजराती डनको भूमिकामा देखिनेछन् । यो फिल्ममा उनीसँग नवाजुद्दिन सिद्दकी पनि हुनेछन् । मनिस शर्माको ‘फ्यान’मा भने शाहरुख आफ्नै फ्यानको भूमिकामा हुनेछन् ।
४. अजय देवगन– शिवाय र बादशाओ
अजय देवगन यो वर्ष फेरि निर्देशनमा फर्किनेछन् । आफ्नो निर्देशनमा ‘शिवाय’मा उनी आफैं एक्सन भूमिकामा पनि देखिनेछन् । यस्तै, मिलन लुथरियाको फिल्म ‘बादशाओ’मा पनि उनी मुख्य भूमिकामा हुनेछन् ।
५. अक्षय कुमार– एयरलिफ्ट र हाउसफुल ३
अक्षयले मुख्य भूमिकामा अभिनय गरेको एरलिफ्ट वर्षको पहिलो महिना रिलिज हुँदैछ । यसमा निरमत कौरले पनि मुख्य भूमिकामा अभिनय गरेकी छन् । अक्षयको हिट सिरिज ‘हाउसफुल ३’मा उनीसँग अभिषेक बच्चन, रितेस देशमुख, ज्याकलिन फर्नान्डीस, नरगिस फाकरी र लिजा हेडन पनि हुनेछन् ।
६. रणवीर कपुर– जग्गा जासुस र ए दिल है मुस्किल
अनुराग बसुको ‘जग्गा जासुस’मा रणवीरसँग कट्रिना कैफ हुनेछिन् । यता करण जोहरको ‘ए दिल है मुस्किल’मा भने रणवीरसँग ऐश्वर्या राय बच्चन र अनुश्का शर्मा मुख्य भूमिकामा हुनेछन् ।
७. ऋत्विक रोशन– मोहन्जे डरो
‘जोधा अकबर’ पछि ऋत्विक आशुतोष गोवारिकरको फिल्ममा फेरि देखिदैछन् । यसमा उनको लुक र अभिनय निकै फरक हुने बताइएको छ ।
८. प्रभास– बाहुबली २
पहिलो भागले पाएको सफलताका कारण प्रभासको ‘बाहुबली २’ यस वर्षका लागि प्रतीक्षा गरिएको फिल्म बनेको छ । एस एस राजामौलीको यो फिल्ममा यसपाली प्रभासका साथ अनुश्का सेट्टी मुख्य भूमिकामा देखिनेछिन् ।
९. फरहान अख्तर– वजीर र रक अन २
यो वर्ष फरहानका दुई मुख्य फिल्म आउनेछन् । विधुविनोद चोपडाले निर्माण गरेको ‘वजीर’मा फरहान अमिताभ बच्चनसँग देखिनेछन् । ‘रक अन २’मा भने फरहानसँग अर्जुन रामपाल, पुरव कोहली र प्राची देसाई बाहेक यसपटक श्रद्धा कपुर पनि थपिने छन् ।
१०. शाहिद कपुर– उडता पन्जाब र रंगुन
‘सानदार’ असफल भए पनि यसको जोडी असफल भएको छैन । यसैले यो वर्ष शाहिद कपुर र आलिया भट्ट ‘उडता पन्जाब’मा देखिनेछन् । यी दुईका साथ करिना कपुर पनि यसमा मुख्य भूमिकामा हुनेछिन् । यो फिल्मलाई अभिषेक कपुरले निर्देशन गरेका छन् । विशाल भारद्वाजको ‘रंगुन’मा उनी कंगना रनावतसँग देखिनेछन् ।
११. जोन अब्राहम– ढिसुम् र फोर्स २
डेविड धवनका छोरा रोहित धवनले निर्देशन गरेको एक्सन फिल्म ‘ढिसुम्’मा उनका भाई वरुण धवनका साथ जोन अब्राहम देखिनेछन् । यसै फिल्ममार्फत् अक्षय खन्ना ४ वर्षपछि बलिउड फर्किदैछन् । ‘फोर्स २’मा भने जोनका साथ सोनाक्षी सिन्हा देखिनेछिन् ।


No comments:

Post a Comment