दुई महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको शिलान्यास : पर्यटनमन्त्री

पुस १३, २०७२- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले दुई महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल शिलान्यास गर्ने प्रतिबद्धता जनाएका छन् ।

कास्की एमालेले आज विहान पार्टी कार्यालयमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले त्यसको लागि काम अघि बढिसकेको जानकारी दिए ।

उनले पोखरालाई पर्यटकीय हब बनाउन आफूले सोचेको १५ वटा योजनासमेत पेश गरे । उनको योजनामा पोखरामा चक्रपथ बनाउने, सिद्धार्थ–यशोधा पार्क बनाउने, म्युजिकल झाँकी बनाउने, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनेलगायतका बुँदा थिए ।

उनले आज विहान पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण स्थलको अवलोकन गरेका थिए । मन्त्री पोखरेल पोखरामा आजदेखि सुरु हुने ५ दिने पोखरा महोत्सवको उद्घाटन गर्न आएका हुन् ।

No comments:

Post a Comment