मोर्चासँग बसेर साझा धारणा बनाउने तीन दलको निर्णय

पुस १३, २०७२- सत्तारुढ एमाले, एमाओवादी र प्रमुख प्रीतपक्षी कांग्रेसले आन्दोलनरत मधेसी मोर्चासँग छलफल गरी संविधान संशोधन प्रस्ताव र मधेस आन्दोलनबारे साझा धारणा बनाउने निर्णय गरेका छन् ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाले वरिष्ठ नेता झलनाथ खनाल, एमाओबादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह तथा नेताहरु डा. रामशरण महत र डा. मिनेन्द्र रिजाल सहभागी थिए ।


No comments:

Post a Comment