मोटरसाइकलमा बसेको अवस्थामै आगजनी, चालक सख्त घाइते

वीरगन्ज – मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार अपराह्न वीरगन्जमा मोटरसाइकलमा बसेकै अवस्थामा आगजनी गर्दा चालक सख्त घाइते भएका छन् । नेपाली सेनाको बरख गण अगाडिको मुख्य सडकमा इन्धन चेक गर्ने क्रममा कार्यकर्ताले मोटरसाइकल आगजनी गर्दा चालक राजेन्द्र पासवान सख्त घाइते भएका हुन् ।

पासवान ग्यास विक्रेता महासंघका केन्द्रीय सदस्यसमेत हुन् । बाराको परवानीपुर ४ निवासी ३८ वर्षीय पासवानको नारायणणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनी चढेको ना.१९प १९६९ नम्बरको मोटरसाइकलको अगाडिको भाग जलेर नष्ट भएको छ । करिब साढे २ बजे बजारको काम सकेर भाइ जितेन्द्रसँग घर फर्कने क्रममा मोर्चाका कार्यकर्ताले व्यारेकअगाडि सडकमा मोटरसाइकल रोकेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।


No comments:

Post a Comment