सन् २०१५ का ग्याजेट



पुस १४, २०७२-
प्रविधिको संसारमा एक वर्ष निकै लामो अवधि हो । छोटो समयमै यो क्षेत्रमा ठूलो प्रगति भैसकेको हुन्छ । प्रत्येक वर्ष विश्वमा विभिन्न प्रकारका अनौठा ग्याजेट र अन्य सामग्री आविष्कार हुन्छन् र तीमध्ये थोरैले मात्र धेरै चर्चा पाउँछन् । सन् २०१५ मा पनि यस्ता धेरै ग्याजेट सार्वजनिक भए । तीमध्ये केही महत्वपूर्ण ग्याजेट


आइफोन–६ एस
एप्पलको आइफोन–६ एसको प्रतीक्षा धेरै–धेरैले लामो समयदेखि गरेका थिए । यसमा ४ दशमलव ७ इन्चको एलइडी स्क्रिन छ । यसमा आईओएस ९ अपरेटिङ सिस्टम १ दशमलव ८४ गिगाहर्जको ड्युअल कोर प्रोसेसर तथा २ जिबी र्‍याम उपलब्ध छ । ब्याक क्यामेरा १२ मेगापिक्सेल तथा फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको यो मोबाइलमा १६, ६४ र १ सय २८ जिबीको इन्टरनल मेमोरी उपलब्ध छ । थ्रीडी टच फिचर, तिब्र गतिको प्रोसेसर र उच्च रिजोल्युसनयुक्त क्यामेरा यसका विशेषता हुन् ।

वाइफाई स्मार्ट स्विच
वाइफाई स्मार्ट स्विचमा एन्टी–थेफ्ट फिचर उपलब्ध छ । यसले घरलाई सुरक्षित राख्न सहयोग पुर्‍याउँछ । यसले विद्युत्को समेत बचत गर्छ । यसले कति शक्ति खर्च भएको छ र त्यसको मूल्य कति हो भन्ने कुराको जानकारीसमेत दिन्छ । यही स्विचको सहयोगले घरमा भएका इलेक्ट्रोनिक्स सामग्री अन र अफ गर्न सकिन्छ । त्यसैगरी यसलाई एन्ड्रोइड र आईओएस डिभाइससँग सिन्क्रोनाइज पनि गर्न सकिन्छ ।

एप्पल वाच
सन् २०१५ मा एप्पल वाचको पनि निकै चर्चा भयो । एप्पलले स्मार्ट वाचलाई गत अप्रिलमा बजारमा उतारेको थियो । यो एक फिट्नेस ट्रयाकिङ र हेल्थ मोनिटरिङ डिभाइस हो, जसलाई आईओएस एवं एप्पलका अन्य डिभाइससँग एकीकृत गरिएको छ । छोटो समयमै यो बिश्वकै सर्वाधिक बिक्री हुने वेरेबल डिभाइस बन्न पुग्यो ।

भर्चुअल किबोर्ड
एपिक लेजर भर्चुअल किबोर्डले पनि यो वर्ष निकै चर्चा पायो । यो हाल प्रचलित किबोर्डको नवीनतम संस्करण हो । यो सानो र आकर्षक हुनुका साथै सामान्य किबोर्ड भन्दा निकै फरक छ । यसले एउटा माउसले जस्तै काम गर्छ र कुनै पनि ब्लुटुथ एनेबल डिभाइससँग कनेक्ट हुन्छ । पातलो भएका कारण यसलाई खल्तीमा समेत राख्न सकिन्छ । यसले आईओएस, एन्ड्रोइड, ब्ल्याकबेरी १० तथा विन्डोज १० लाई समेत सपोर्ट गर्छ ।

स्काई बेल २.०
स्काई बेल एक प्रकारको डोर बेल हो, जसको सहयोगले ढोकामा कोही आएपछि युजरले सवाल–जवाफ गर्न सक्छ । घरमा कोही पाहुना आए र ढोका बन्द छ भने पनि पाहुनासँग यसको सहयोगले घरका मालिकले कुरा गर्न सक्छन् । यसमा जडान गरिएको मोसन सेन्सिङ प्रविधिले आईओएस र एन्ड्रोइड ओएसलाई सपोर्ट गर्छ । यसको सहयोगले आफ्नो स्मार्टफोनमा भिडियो एलर्ट आउने पनि बनाउन सकिन्छ । त्यसैगरी यसमा शक्तिशाली क्यामेरा र स्पिकर पनि उपलब्ध हुन्छ । यसका कारण चोरी हुने डर कम हुनुका साथै आगन्तुकसँग नियमित सम्पर्कमा रहन सकिन्छ ।

एलइडी सफ्ट बल्ब
यो एक प्रकारको स्मार्ट बल्ब हो । यसले इनर्जी जोगाउन महत्वपूर्ण भूमिका खेल्छ । यसलाई कुनै पनि आईओएस तथा एन्ड्रोइडमा आधारित स्मार्टफोनमार्फत नियन्त्रित गर्न सकिन्छ ।

सामसुङ ग्यालेक्सी एस–६
सामसुङ ग्यालेक्सी एस–६ यो वर्षको बहुप्रतीक्षित स्मार्टफोन थियो । गत अप्रिलमा बजारमा आएको यो स्मार्टफोनमा ३ जिबी र्‍याम तथा अक्टाकोर प्रोसेसर छ । यसमा ५ दशमलव १ इन्चको टचस्क्रिन डिस्प्ले छ । यसमा १६ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । यो फोन एन्ड्रोइड ५.० अपरेटिङ सिस्टमबाट चल्छ ।

फिलिप–२ स्मार्ट लोकेटर
आफ्ना बालबालिकाहरूसँग निरन्तर सम्पर्कमा रहने उपयोगी ग्याजेटका रूपमा आएको छ— फिलिप २ स्मार्ट लोकेटर । यसको सहयोगले अभिभावकहरू सधैं आफ्ना बालबालिकाहरूसँग सम्पर्कमा रहन्छन् । यसमा उपलब्ध जिपिएस, जिएसएम तथा वाइफाई कनेक्टिभिटीका कारण बालबालिकाको गतिबिधि निगरानी गर्न सकिन्छ । यसले लोकेसन पनि बताउँछ । यसमा प्रत्येक ६० सेकेन्डमा लोकेसनको जानकारी प्राप्त गर्न सकिन्छ । यसलाई स्मार्टवाचका रूपमा एवं भ्वाइस कल रिसिभमा पनि प्रयोग गर्न सकिन्छ ।

अल्ट्रा स्लिम वायरलेस चार्जर
यात्रा गरिरहने मानिसका लागि मोबाइल फोन चार्ज गर्नु निकै झन्झटिलो काम हो । हाल प्रचलित पावर बैंक पनि खल्तीमा राख्न वा बोक्न झन्झटिलो नै मानिन्छ । यो अवस्थामा अल्ट्रा स्लिम वायरलेस चार्जर निकै उपयोगी हुन्छ । यसको सहयोगले स्मार्टफोनलाई सधै फुल चार्जको अवस्थामा राख्न सकिन्छ । यसका लागि स्मार्टफोनलाई कुनै युएसबी केबुलसँग जोड्नु आवश्यक हुँदैन ।



No comments:

Post a Comment