२३ वर्ष पूरानो शुक्रकिटबाट गर्भाधान, जन्मिँदै बच्चाले राख्यो विश्वकिर्तिमान



विज्ञानको चमत्कारको ताजा नमूना हालै अस्ट्रेलियामा प्रकट भएको छ । एलेक्स पावेलले जिवनमा बच्चाको बाउ बन्ने सपना २३ वर्षअघि नै त्यागिसकेका थिए, जतिबेला उनी केवल १५ वर्षका मात्र थिए । यसको कारण हो, डाक्टरहरुले उनको सरीरमा क्यान्सर रहेको बताएका थिए । यदि बाँच्न मन छ भने केमोथेरापी गर्नुपर्ने र केमोथेरापीका कारण नपुंशकता हुनसक्ने चेतावनी पनि डाक्टरहरुले दिएका थिए ।Baby

निकै कठीन परिस्थिति उनको सामुन्ने आयो । जिवनमा बाँच्नु नै पहिलो प्राथमिकता हो । तर बाँचिसकेपछि मर्दले दुनियामा आफ्नो उत्तराधिकारी सिर्जना गर्ने चाहना हुनु पनि स्वभाविकै हो । अर्थात्, बच्चाको पिता बन्ने सपना पाल्नु अस्वभाविक थिएन । त्यहीँबेला पावेललाई उनकी सानिमाले एउटा गज्जबको जुक्ति दिइन् । केमोथेरापी गर्नुअघि आफ्नो शुक्रकिटलाई शुक्रकिट बैंकमा गएर जम्मा गरेर राखेमा भविष्यमा बच्चा जन्माउन सकिने सल्लाह उनको थियो ।
सानिमाले नै भने अनुसार उनले गरे । उनको केमोथेरापी पनि भयो र पुरुषत्व गुम्यो । एलेक्सले ढिलो गरी विवाह पनि गरे, भि पावेल सँग । दम्पतीमा सन्तान लाभको इच्छा पलायो । अन्ततः पावेलको सुरक्षित राखिएको शुक्रकिट र उनकी श्रीमतीको डिम्बलाई टेष्टट्युब प्रविधिबाट गर्भाधान गराइयो । गर्भाधान सफल भयो । पावेलकी श्रीमतीको पाठेघरमा भ्रुण राम्रोसँग हुर्कियो र गत जुन १६ गते यो दम्पतीले पुत्रलाभ गरे ।
छोरा पाएसँगै पावेलको पूरै परिवारको नाम गिनिज बुकमा लेखिएको छ । स्पर्म ब्यांकमा राखिएको २३ वर्ष पूरानो शुक्रकिटबाट गर्भाधान भएको यो विश्वमै पहिलो घटना भएको बताइन्छ । सामान्यतया यस्तो संग्रहित शुक्रकिटबाट १० वर्षसम्म मात्र गर्भाधान सम्भव हुन्छ । चिकित्सा विज्ञानलाई नै चुनौति दिँदै यो दुनियामा पदार्पण गरेका पावेलका छोरा जाभिएर पावेलले विश्व किर्तिमान सहित पृथ्वीमा दमदार इन्ट्री गरेका छन्, होइन त ?

No comments:

Post a Comment