दिल्लीमा गोली हानी नेपालीको हत्या

पुस १४, २०७२- दिल्लीको रोहिणी सेक्टर–३ मा चौकिदारी काम गर्दै आएका बाजुरा, ब्रम्ह्तोला घर भएका सिंहे सेरालाको आइतबार राती गोली हानी हत्या गरिएको छ ।

अखिल भारत नेपाली एकता मन्चका प्रतिनिधि आरबी खड्काका अनुसार स्थानीय डीडी मार्केटमा चौकिदारी गर्दै आएका सेरालालाई राति साढे ११ बजे अज्ञात बन्दुकधारीले गोली प्रहार गरेका हुन् । यो गोलीकाण्डको कारणबारे थाहा हुन नसकेको र यसबारे दक्षिणी रोहिणी प्रहरी चौकीले अनुसन्धान जारी राखेको खड्काले बताए ।
सेरालाको सोमबार पोष्टमार्टम भएको र मंगलबार अपरान्ह दिल्लीमै दाहसस्ंकार गर्ने तयारी गरिएको छ । चौकिदार सेरेलाको हत्याबारे नेपाली दूतावासलाई पनि जानकारी गराइएको छ । मृतकको परिवारलाई क्षतिपुर्ती दिलाउन र काण्डको छानबीन गराउन दूतावासले पहल गर्ने भएको खड्काले बताए ।

No comments:

Post a Comment