‘अंग्रेजसँग नझुकेका नेपाली भारतसँग झुक्दैनन्’

अर्घाखाँची : उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले अंग्रेजसँग नझुकेका नेतपाली भारतसँग कुनै हालतमा नझुक्ने बताएका छन् । उनले संघीयताबारे प्रस्ट पार्न नसक्दा सीमांकनमा समस्या उत्पन्न भएको बताएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा आज भएको संविधानको राष्ट्रबयापी प्रचार कार्यक्रमलाई सम्बोधन गर्दैै एमाओवादीका नेतासमेत रहेका रायमाझीले जलस्रोतको धनी देश नेपाललाई लोडसेडिङ मुक्त बनाउन उर्जामा लगानीमैत्री वातावरण सृजना गर्ने बताए ।

उनाले देश तथा विदेशका लगानीकर्ताहरु खोजेर जलविद्युतको उत्पादन गर्ने काम पहिलो प्राथमिकताका साथ अगाडी बढाउन उर्जामा लगानीमैत्री वातावरण सृजना गर्ने बताए ।

उनले नेपालको संविधान विश्वकै उत्कृष्ट संबिधान र देशका सबै बर्ग र जातिविशेषलाई समेटेर बनाएको संविधान भएकाले यसको कार्यन्वयनका लागि कांग्रेस सरकारमा आउनुको विकल्प नभएको बताए ।



तराईका आन्दोलनकारी नेतासँग छलफल भैरहेकाले छिटै समाधान हुने दाबी गर्दै उनले भारतको नाकाबन्दीलाई  सरकारले गम्भीर रुपमा लिएको उल्लेख गरे ।

भारतसँग शत्रुको जस्तो व्यवहार नभई कुटनीतिक तरिकाले समस्याको हल गर्न सरकार लागि परेको उनको दाबी थियो ।

सभासद डा. दुमनसिंह थापाले देशमा अब आर्थिक क्रान्ति गर्न कृषि उत्पादनलाई जोड दिनुपर्ने बताए ।

No comments:

Post a Comment