आपूर्तिमन्त्री पूनद्धारा डब्लुटिओको बैठकमै भारतीय नाकाबन्दीको बिरोध

काठमाडौं । केन्याको नैरोबीमा जारी विश्व व्यापार संगठनको दशौं मन्त्रीस्तरीय बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पूनले भारतीय नाकाबन्दीका कारण नेपालमा मानविय संकट उत्पन्न हुन लागेको भन्दै विश्वको ध्यान आकृष्ट गरेका छन् ।

नेपाललाई भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी तीन महिनाभन्दा बढी भएको र नेपालमा मानवीय संकट पैदा हुन लागेको बारे डब्लुटीओका सदस्य राष्ट्रहरुलाई जानकारी समेत गराएका छन् ।
नेपालले नाकाबन्दीका कारण पारवहान तथा व्यापार अनि यातयातका क्षेत्रमा भारतीय सिमानामा भोगीरहेको समस्याबारे आफ्नो धारणा राखेको समेत जेनेभास्थित नेपाली नियोगद्धारा जारी वक्तव्यमा जनाईएको छ ।

 डब्लुटीओको दशौं बैठकमा भाग लिन केन्याको नैराबी गएका पून आइतबार नेपाल फर्कर्दै छन् ।

No comments:

Post a Comment